
धनुषा । ०७६ पुस ८ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषामा एक अनौठो घटना भएको छ । प्रायः जसो सेवाग्राही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन आउँदा विना झन्झट र घुस रकम लेनदेन नगरि काम पाउनु नै ठुलो खुशीको कुरा हो । तर चिसो मौसममा उपहारसहित घर जान पाउने सपना झै धनुषामा मंगलवार घटना भएको छ ।

प्रसङ्ग छ, मंगलवार जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिन आएका जनकपुरधाम १२ बस्ने ६० वर्षीय रामशरण राउत कुर्मिले सहजै नागरिकता पाउनुको साथै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको हातबाट न्यानो सिरक पाएका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका कुर्मीलाई धनुषाका प्रमुख जिल्ला अधिकार कणेलले आफनै गाडीमा आफुसंगै राखेर उनको घरसम्म पुप्याइ दिएपछि घरपरिवारका साथै छरछिमेकीहरु समेत आश्चर्यचकित हुदै खुशी भएका थिए ।

सहजै रुपमा नागरिकताको प्रतिलिपी पाउनुको साथै शितलहरको वेलामा ओढ्ने सिरकसंगै सिडियो सरले घरसम्म ल्याइदिएकोमा खुशी हुदै वृद्ध रामशरण राउत कुर्मीले आर्शिवाद दिएका थिए । घरपरिवार र छरछिमेकले समेत सेवाग्राहीलाई यतिसम्म माया गर्ने प्रशासक नदेखेको बताएका थिए ।