७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

धनुषा । ०७६ पुस ९ गते ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक कर्मचारीलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ । सलार्हीको घरेलु तथा साना उद्योग कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर नविनकुमार सिंहलाई अख्तियारको टोलीले ७० हजार घुससहित पक्राउ गरेको हो ।
उद्योग दर्ताका लागि सहजीकरण गरि दिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ ।

धेरै पढिएको

ताजा समाचार