बिहिबार सार्वजनिक विदा हुँदैनः गृह प्रवक्ता

काठमाडौं, ९ पुस । बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताएका छन् ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

सूर्यग्रहण सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिनेछ ।  कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सूर्यग्रहणको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाएको निमित्त कार्यकारी निर्देशक डा. शर्माले बताए ।

 ग्रहणकाे संसारकै सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ टेलिकास्ट गर्ने भएको छ । 

कति बजे लाग्दैछ खण्डग्रास सूर्यग्रहण ?

सूर्य ग्रहण नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिनेछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ । विहानको १० बजेर २ मिनेट जाँदा सूर्यलाइ हामीहरुले करीब ३७ प्रतिशत ढाकेको देख्दछौं भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ :४८ मा सुरु भई ११ः २७ मा सकिनेछ ।

ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलीय घटना भएको खगोलविदहरुले बताएका छन् ।

स्थानग्रहण सुरुमध्यअन्त्यग्रहणको अवधिदिप्तीक्रम (Magnitude)ग्रहण प्रतिशत
काठमाडौं०८:४३१०:०१११:३३२ घण्टा ५० मिनेट०.५०१३९
महेन्द्रनगर०८:३८०९:५२११:१९२ घण्टा ४१ मिनेट०.५११३९
भद्रपुर, झापा०८:४८०९:५९११:२७२ घण्टा ५३ मिनेट०ः४७४३६

यस ग्रहणलाई मलेसिया, सिंगापुर, श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउँहरुबाट वलय सूर्यग्रहण देख्न सकिन्छ ।

जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने खण्डग्रास सूर्यग्रहण मात्र देखिन्छ ।

सूर्य ग्रहण कसरी हेर्ने ? 

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिगि्रने सम्भावना रहन्छ । साथै एक्स-रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुँदैन ।

सूर्य ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरेर मात्र ग्रहण हेर्नुपर्दछ । यसो गर्दा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका भनेको सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुँदैन । सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट सुरक्षित तरिकाबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

धेरै पढिएको

ताजा समाचार