• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बोलेर हैन गरेरै देखाए आइजिपी खनालले, चीनले गर्‍यो प्रशंसा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १०, २०७६, ६:५८ PM
0
बोलेर हैन गरेरै देखाए आइजिपी खनालले, चीनले गर्‍यो प्रशंसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीले एकपछि अर्काे सफलता हात पार्दै गएको छ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आइजिपी) भएपछि एकाध बाहेक अधिकांश घटनामा प्रहरीको सफलता देखिँदै आएको छ । संगठनभित्रका विभिन्न समस्या पनि उनले पार लगाएका छन् । यसै सेरोफेरोमा विदेशमा लुकेका अपराधी नेपाल ल्याउने, अन्तर्राष्ट्रिय समुदायमा नेपाल प्रहरीको छवि उच्च बनाउने काम पनि सर्वेन्द्रले गरेका छन् ।

हामीसँगको कुराकानीमा आइजिपी खनालले भनेका थिए, ‘नेपाल प्रहरीको छविलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छु ।’ साँच्चै उनले भनेजस्तै अहिले नेपाल प्रहरी संसारभरका न्युजको हेडलाइन बनेको छ, त्यो पनि ठूलो अपरेशनलाई लिएर । आइजिपी खनालको नेतृत्वमा अहिले उत्तरी छिमेकी चीनका नागरिकविरुद्ध प्रहरीले ठूलो अपरेशन चलाएको छ । त्यो हो सर्च एण्ड एरेष्ट अपरेशन । पर्यटन भिसामा नेपाल आई नेपालमा बसेर चीनसहित अन्य देशमा साइबर अपराध गर्न सक्रिय चिनियाँ नागरिकलाई नेपाल प्रहरीले एकैपटक धमाधम समातेको छ । हालसम्म प्रहरीले १२१ चिनियाँ नागरिकलाई यस्ता गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो । ८ सय भन्दा बढी चिनियाँहरु निगरानीमा छन् ।

चिनियाँ पक्राउको समाचार संसारका प्रतिष्ठित सञ्चारमाध्यमको हेडलाइन बनेको छ । स्वयं चीनले पनि नेपाल प्रहरीलाई धन्यवाद दिँदै प्रशंसा गरेको छ । सीमापार संगठित अपराध र साइबर क्राइममा सक्रिय समूहको जालो तोडेर प्रशंशनीय कार्य गरेको भन्दै चीनले खुसी समेत व्यक्त गरेको छ । वास्तवमा चिनियाँ नागरिक समात्ने योजना आइजिपी खनालले नै बनाएका हुन् । केही महिनाअघि चिलीमा भएको इन्टरपोलको महासभामा भाग लिन गएका आइजिपी खनालले चिनियाँ नागरिकले नेपालमा बसेर साइबर अपराध, ह्याकिङ गरिरहेको सूचना पाएका थिए । त्यहीँ महासभाबाट उनले चिनियाँविरुद्ध एक्सन लिनुपर्ने एक खालको म्याण्डेट नै पाए । नेपाल फर्किएर उनले सुरुमा चिनियाँ ह्याकरलाई समात्न सफल भए । ती ह्याकरले नेपालका बैंकबाट करोडौं रुपैयाँ लुट्न लागेका थिए ।

त्यसअगाडि नेपाली चेलीबेटीलाई विवाह गरेर लैजाने र चीनमा यौनदासी बनाउने गिरोहको समेत नेपाल प्रहरीले पत्ता लगाई कारवाही गरेको थियो । यसरी नेपालमा बसेर विभिन्न अपराध गर्ने चिनियाँ नागरिकविरुद्ध खनालको नेतृत्वमा सिलसिलेवार कारवाहीले नेपाल प्रहरीको साख विश्वस्तरमा बढाएको छ भने खनालको नेतृत्वलाई पनि पुष्टि गरेको छ ।

त्यसो त खनालले नेपालमा हत्या गरेर २० वर्षदेखि अमेरिकामा लुकेर बसेका व्यक्तिलाई समेत नेपाल झिकाउन सफल भए । हामीसँगको अन्तर्वार्ताले उनले भनेका थिए, ‘अमेरिका कहि मान्छे फिर्ता गर्छ, तर हामीले ल्याउन सफल भयौं ।’ यसबाट नेपाल प्रहरीको कुटनीति पनि बलियो भएको मान्न सकिन्छ ।

त्यसो त संयुक्त राष्ट्रसंघमा पनि आइजिपी खनालको नेतृत्वमा नेपाल प्रहरीले राम्रो स्थान पाएको छ । यस हिसाबले सर्वेन्द्रको मूल्यांकन गर्दा उनी बोलेर भन्दा गरेर देखाउने कमाण्डर हुन भन्न सकिन्छ । यद्यपि उनको सफलतामा संगठनको पनि उतिकै योगदान छ ।

सम्बन्धित समाचार

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९
साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती
राष्ट्रिय

साँघुरिदै जनकपुरको सडकबाटो, अव्यवस्थित पार्किङले सु्रक्षा चुनौती

२०७९/१०/०४
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In