
दिपेन्द्रप्रसाद सिंह
धनुषा । ०७६ पुस १० गते ।
धनुषा जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरिक्षक शेखर खनाल धनुषाबाट विदा भएका छन् । नेपाल सरकार गृह मन्त्रालयले गरेको नियमित सरुवाको क्रममा सरुवा भएका धनुषाका प्रहरी प्रमुख खनाल धनुषामा ११ महिना काम गर्ने अवसर पाएका छन् ।
धनुषा क वर्गमा पर्ने जिल्ला रहेका छन् । धनुषामा प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेर गएका एसपीहरु अहिले नेपाल प्रहरीकै उच्च ओहोदामा रहन् सफल भएका छन् । धनुषाको प्रहरी प्रमुख भएका सर्वेन्द्र खनाल अहिले नेपाल प्रहरीकै आइजिपी भई सकेका छन् ।
एसपी खनालको जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिइएको छ । एसपी खनाललाई जिल्ला प्रहरी कार्यालय धनुषामा भब्य स्वागत गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललगायत संचाकर्मी, सामाजिक अभियन्तालगायत दर्जनौ संघसंस्थाले धनुषाको सुरक्षा व्यवस्था कायम गर्न सफल रहेकोमा एसपी खनाललाई बधाईसहित सम्मानले सम्मानित गरिएको छ ।

प्रहरी प्रधान कार्यालय जाँदै गर्दा धनुषाका एसपी शेखर खनालले जानकी माताको जन्मभूमि पवित्र तीर्थस्थल धनुषामा बिताएको यो कार्यावधिमा मलाई निर्देशन दिनुहुने, सहयोग गर्नुहुने, साथ दिनुहुने तथा कार्य प्रति प्रेरित गर्नुहुने सम्पूर्ण सिनियर सर, मैडमहरु, साथीहरु, सहयोगी हातहरु, राजनीतिकर्मीहरु, विभिन्न सङ्घसंस्थाहरु, नागरिक समाज, संचारकर्मी मित्रहरु, सहकर्मी साथीभाइहरु, जिल्ला सुरक्षा समितिका पदधिकारीज्यूहरु र विशेष गरी उच्च मनोबलका साथ काँधमा काँध मिलाएर साथ दिनुहुने मेरो सम्पूर्ण प्रहरी टीम लगायत सबैलाइ यस अवधिमा दर्शाउनुभएको माया, ममता, स्नेह, आत्मीयता, सहयोग, समन्वय र सहकार्यको निम्ति हार्दिक आभार प्रकट गर्दछु भन्ने आफनो फेसवुकमा उल्लेख गरेका छन् ।

एसपी खनालले जनकपुरप्रति आफनो अगाढ माया स्नेह रहेको भन्दै यो मेरो मन, मस्तिष्कमा जीवन पर्यन्त सङ्ग्रहित भएर रहनेछ र नयाँ कार्यक्षेत्रको लागि थप उर्जा र प्रेरणाको श्रोत बन्नेछ भन्ने अपेक्षाका साथ तथा छोटो समयमा हतारमा जानुपर्दा धेरै साथीहरु तथा अन्य आदरणीय व्यक्तित्वहरुसंग विदा नमागी आउनुपरेकोले क्षमा याचना गर्दै पुनः भेट्ने वाचा सहित समस्त धनुषावासीसंग विदा माग्दैछु…जय नेपाल लेखेका छन् ।

यसैविच, विहिवार धनुषाको प्रहरी प्रमुखको रुपमा रमेश कुमार बस्नेतले कार्यभार सम्भालेका छन् ।