
धनुषा,०७९ पुस २९ गते ।मधेश प्रदेशको नवनियुक्त मुख्यमन्त्रि सरोज कुमार यादवले एक कार्यक्रमका विच पद तथा गोपनियताको सपथ लिनुभएको छ । मधेश भवनमा आयोजित सपथ ग्रहण समारोह कार्यक्रममा भोजपुरी भाषामा मुख्यमन्त्रि यादवले सपथ लिनुभयो ।
मुख्यमन्त्रिसंगै नेकपा एमालेबाट सरोज कुमार यादव, जनमत पार्टीबाट वसन्त कुशवाहा र जसपा पार्टीबाट संजय यादवले विना विभागीय मन्त्रिका रुपमा पद तथा गोपनियताको सपथ लिनुभएको छ । मधेश भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रि र मन्त्रिहरुलाई सपथ गराउनुभएको छ ।

सपथ ग्रहण गर्न पश्चात्त मुजेलियास्थित सहिद गेट पुगेर सहिदहरुप्रति मालार्पण गर्दै मुख्यमन्त्रि तथा मन्त्री परिषदको कार्यालय पुगेका नवनियुक्त मुख्यमन्त्रीले प्रदेशमा भ्रष्टाचार नियन्त्रण आफनो पहिलो प्राथमिकता रहने बताउनुभएको छ ।
मधेश प्रदेशका ६३ सांसदको समर्थनमा पुस २७ गते प्रदेश प्रमुखद्धारा नियुक्त भएको हुनुभएको थियो । उहाँले एक हप्ता भित्र सदनमा विश्वासको मत लिएर पूर्ण रुपमा मन्त्रीमण्डल विस्तार गर्ने बताउनुभयो ।

