धनुषा,०७९ माघ ४ गते ।मधेश प्रदेश कार्यालय जनकपुरको आयोजनमा फोरम थिएटर कार्यशाला माघ ४ गतेदेखि धनुषाको लालगढमा सुरु भएको छ । तीन दिनसम्म चल्ने यस कार्यशालामा मधेश प्रदेश र प्रदेश नं. १ का बाल अधिकार चेतना समूहमा आवद्ध ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा इन्सेक केन्द्रिय कार्यालयका कृष्ण गौत्तमले फोरम थिएटर इन्सेकको लागि पहिलो अभ्यास भएको बताउनु भयो । उहाँले स्थानिय स्तरको समस्यालाई पहिचान गरेर स्थानिय भाषामा नै सडक नाटकहरु बनाउने र प्रदर्शन गर्ने उद्धेश्य रहको बताउनुभयो । सडक नाटकबाट समुदायका समस्यालाई न्युनिकणका लागि गरिने प्रयास प्रभावकारी हुने भएकाले फोरम थिएटर कार्यशालाको आयोाजना गरिएको बताउनु भयो । यो फोरम थिएटर चार प्रदेशमा लागु गरिएको बताउनु भयो ।

कार्यक्रमको उदघाटन सत्रमा मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले मानव अधिकारका सवाललाई विद्यालय स्तरबाट नै बालअधिकार, सामाजिका समस्या, विकृति विषङ्गतीलाई सडक नाटकबाट न्यूनिकरण तथा सामाजिक रुपान्तरण गर्न फोरम थिएटर कार्यशाला आयोजना गरिएको बताउनु भयो ।
यस कार्यशालामा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गीक तथा जातीय विभेदका विकृति विषङ्गति न्यूनिकरण गर्नका लागि क्षमता अभिवृद्धि गरी शुसासन कायम गर्ने विश्वास व्यक्त गर्नु भयो ।मधेश प्रदेश संयोजक राजु पासवानले फोरम थिएटरको अभ्यास इन्सेकको लागि पहिलो अभ्यास रहेको बताउनुभयोे । उहाँले विद्यालयमा शिक्षक अभाव छ, विषयगत शिक्षक छैन, गाउँघरमा बालबालिकाहरु अझै विद्यालय जान सकेका छैन, कसरी विद्यालयमा सवैको पहुँच गराउन सकिन्छ भन्ने लगायतको सामाजमा सकारात्मक सन्देश प्रवाह हुने खालको जनचेतनामुलक सडक नाटक तयार गरि प्रदर्शन गर्ने उद्धेश्यले फोरम थिएटर कार्यशालाले सिकाई प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !