• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
माघ १५, २०७९, ३:१७ PM
0
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

विरेन्द्र कर्ण, धनुषा । एक दशकअघि जनकपुर शिक्षा आर्जनको लागि उर्वरभुमि मानिने गरेको थियो । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस नेपालकै एक नमुना क्याम्पसमा पर्ने गरेको थियो । क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीहरु नेपालको प्रशासनिक, राजनितिकदेखि लिएर कुटनैतिक स्तरको उच्च स्थानमा पुग्न सफल भएका छन् । क्याम्पस जनकपुरमा अध्ययनका लागि तत्कासलन जनकपुर अंचलका ६ जिल्लासहित खोटाङ्ग, ओखलढुङ्गा, काठमाण्डौबाट समेत विद्यार्थीहरु जनकपुरमा आएर अध्ययन गर्ने गरेका थिए । तर २०६२÷२०६३ को मधेश आन्दोलनपछि उक्त क्याम्पसको शिक्षाको अवस्था बदलिएको छ ।


विज्ञान विषय पढनका लागि उक्त क्याम्पसमा विद्यार्थीहरुको निकै चाप बढेर पाँच वटासम्मको सेक्सन कक्षा चलाउनुपर्ने बाध्यता रहेको क्याम्पसका अवकाश प्राप्त प्राध्यापक डा. आशा सिन्हाले बताइन् । उनले भनिन् ‘‘२०६५ सम्म सरकारी क्याम्पसमा आइ ए.को व्यवस्था थियो, निजी र सामुदायिकमा एस एल सिपछि पढाई हुने अनुमति थिएन् सरकारी क्याम्पसले मात्रै पढाउने गरेकाले क्याम्पसमा १० हजारसम्म विद्यार्थीहरु पढने गरेका थिए । विद्यार्थीहरुको चाप,पढाइप्रतिको जागरुक्कता, मेहनतीपना र शिक्षक, प्रध्यापकहरुको समेत अध्यापनप्रतिको लगाव थियो, शिक्षण सिकाई कार्य प्रभावकारी हुन्थ्यो तर शैक्षिकसत्र २०६५पछि सरकारी क्याम्पसबाट आई ए खारेज गर्दै निजी र सामुदायिक विद्यालयमा प्लस टु कार्यक्रम लागु भएपछि विद्यार्थीहरुले आ–आफनै जिल्ला र गाउँघरमै कक्षा ११ र १२ मा पढ्ने मौका पाउन थालेपछि जनकपुरमा आएर पढने विद्यार्थीहरुको संख्या कम हुन थालेको छ’’ ।


रा.रा.व.क्याम्पसमा २०३४ सालदेखि कार्यालय सहयोगीको काम गर्दै ४२ वर्षे कामको अनुभव बटुलेका तपेश्वर यादवका अनुसार एक दशकअघि क्याम्पसकै होस्टेलमा बसेर पढ्ने विद्यार्थीहरु निकै अनुशासित र मर्यादित थिए, प्रध्यापकहरु समेत समयावधिसम्म बसेर पढाउने गरेका थिए, तर अहिले हेल्मेट प्रध्यापकहरु भएका छन । शिक्षक÷प्र्रध्यापक र विद्यार्थीहरुविच भेटघाट नै हुदैन । सरकारीमा जागिर गर्ने र निजीमा गएर पढाउने परम्परा भएकाले क्याम्पसको शिक्षाको गुणस्तरि घटेको बताए । उनले भने अहिले र पहिलेमा व्यापक फरकपना भएको छ, अहिले प्रध्यापक र विद्यार्थीहरुको व्यवहारबाट आफुलाई चित्त नबुझने गरेको बताए । छठौ तहको कार्यालय सहयोगी तपेश्वरले २०६५ सम्म रा.रा.व.क्याम्पसमा विद्यार्थीहरु अटाउने क्षमता थिएन, तर अहिले विद्यार्थी खोज्दै जानुपर्ने अवस्था आएको बताए ।


अहिले रा.रा.व.क्याम्पसमा स्नातक र स्नाकोत्तर तहको पढाई हुदै आएको छ भने मैथिली विभागको केन्द्रिय कार्यालय नै राखिएको छ । रा.रा.व.क्याम्पसमा पहिलेको तुलनामा विद्यार्थी संख्या कम भएको निमित्त क्याम्प प्रमुख विरेन्द्र कुमार यादव बताउँछन् । निमित्त क्याम्पस प्रमुख यादवका अनुसार वि.स.२०५२ सालमा विज्ञान संकायतर्फ ‘इ’ सम्मको सेक्सन कक्षा चलाउनुपर्नेमा अवस्था थियो । अहिलेपनि यहाँका प्रध्यापक र ल्यावसहित हरेक कुरा राम्रो भएपनि लाखौ रकम खर्चेर निजीतर्फ विद्यार्थीहरु आकर्षित हुन थालेको बताए । उनले भने हामीले गुणस्तरिय शिक्षा दिई रहेका छौं तर अहिले सामान्य पढाईभन्दा पनि प्राविधिकतर्फ विद्यार्थीहरुको चाख बढेकाले यहाँ आएर पढ्ने विद्यार्थीहरुको संख्यामा कमी भएको बताए ।


रा.रा.व.क्याम्पसका मुख्य प्राविधिक सहायक सत्यनारायण ठाकुर भन्छन् पहिले विज्ञान विषयको लागि रा.रा.व.क्याम्पसको विकल्प थिएन तर अहिले नेम र फेमको लागि लाखौ खर्चेर निजीतर्फ विद्यार्थीहरु भर्ना भई रहेका छन् । तर सरकारी क्याम्पसमा भर्ना हुन चाहेको छैन । रा.रा.व.क्याम्पसबाट पढेकाहरु देशको उच्च ओहदामा पुगेका छन् तर पनि अहिले गुणस्तरिय पढाइको खोजी गर्दै यसै क्याम्पसका प्राध्यापकहरुले पढाउने निजी क्याम्पसमा लाखौ खर्चेर विद्यार्थी भर्ना हुदै आएको फेशन नै चलेको उनले बताए ।


रा.रा.व.क्याम्पस जनकपुरका शाखा अधिकृत जगदिशनारायण साहका अनुसार अहिले गाउँ गाउँमा सुविधासम्पन्न उच्च शिक्षा अध्यापन गराउने क्याम्पसहरु खुलेकाले गर्दा विद्यार्थीहरु आफनै घरको खाना खाएर समेत पढन पाएका छन् । त्यसैले जनकपुरमा अन्य जिल्ला र ग्रामिण क्षेत्रबाट पढ्न आउने विद्यार्थीहरुको कमी भएको छ । अहिले समेत बाहिर जिल्लाबाट जागिरको शिलसिलामा आउनेहरुले स्नातक र स्नातकोत्तर तहमा भर्ना हुदै आएको भएपनि विशुद्ध रुपमा पढनकै लागि आउने विद्यार्थीहरु भने नभएको शाखा अधिकृत जगदिशनारायणको बुझाई छ ।


धनुषामा हालको संशोधित शिक्षा नियमावलीअनुसारको माध्यमिक विद्यालय ८६ मध्ये ४१ वटा सामुदायिक विद्यालयमा र ५८ वटा संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढाई हुदै आएको छ । धनुषामा सरकारी र संस्थागत गरि १६ वटा क्याम्पसमा स्नातक तहको पढाई हुदै आएको छ । जसमध्ये ५ वटा क्याम्पस धनुषाको जनकपुरभन्दा बाहिर ग्रामिण क्षेत्रमा रहेको छ ।


धनुषामा ८ वटा प्राविधिक तहको विद्यालय सहित ५ वटा क्याम्पसमा स्नातकोत्तर तहको अध्यापन गराउने गरिएकाले रा.रा.व. क्याम्पसमा विद्यार्थीहरुको संख्यामा कमी आएको हुन सक्ने निति आयोग मधेश प्रदेशका प्रमुख दानीकान्त झाले बताए । उनले भने, बदलिदो परिवेश र राजनितिक मोडले गर्दा अहिले पहाडमा समेत स्नातक र स्नातकोत्तरसम्मको कलेजहरु खुलेका छन । उनीहरुले त्यही अध्ययन गर्ने अवसर पाएका छन र जनकपुरको पहिलेको शिक्षण सिकाइको गुणस्तरियतामाथिको विश्वासमा कमी आएकाले गर्दा यहाँका विद्यार्थीहरु समेत काठमाण्डौ वा भारतमा गएर पढने गरेकाले गर्दा बाहिर बाहिरबाट आएर जनकपुरमा पढने विद्यार्थीहरुको संख्यामा कमी आएकाले यहाँको शिक्षाको गुणस्तर सुधारिनुपर्ने बताए ।


गाउँका विद्यालयमा भरि भराउँ विद्यार्थी
धनुषाको ग्रामिण क्षेत्रमा तत्कालिन प्लस टुको अनुमति पाएका हाल माध्यमिक विद्यालयहरुमा विद्यार्थी भरि भराउ रहेका छन् । धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधी माध्यमिक विद्यालय हाल माध्यमिक तहमा परिणत भएका छन् । वि.सं.२०६५बाट प्लस टु संचालन गरेको यस विद्यालयको कक्षा ११ मा ७५ र कक्षा १२ मा ८९ विद्यार्थी रहेको विद्यालयका प्रध्यानाध्यापक देवेन्द्रलाल कर्णले बताए ।

शिक्षा र व्यवस्थापन संकायतर्फ पढाउँदै आएका कक्षा ११ मा प्रति विद्यार्थी ४ सय ५० र कक्षा १२ का विद्यार्थीसंग प्रति महिना ५ सयको दरले शुल्क लिदै आएको प्रध्यानाध्यापक कर्णले बताए । विद्यालयमा गरिव, जेहेन्दार विद्यार्थीहरुलाई पढाई शुल्कमा छुट समेत दिदै आएको बताउँछन् । विद्यालयको पुस्तकायबाट अनिवार्य विषयका किताव समेत दिने गरेको बताउँदै उनले भने विद्यालय तह कक्षा १२ सम्म पुगेपछि विद्यार्थीहरुले कम खर्चमा आफनै गाउँ ठाउँमा उच्च तहको शिक्षा हासिल गर्न पाएका छन । घरका छोरी र बुहारीले समेत उच्च शिक्षा हासिल गर्ने मौका पाएकाले स्नातक तहको पढाई समेत गाउँ गाउँबाट पढाइनुपर्ने उनले बताए ।


धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमुना माध्यमिक विद्यालयले २०६५ सालबाट औपचारिक रुपमा प्लस टुतर्फ शिक्षा र व्यवस्थापन संकायको कक्षा संचालन गरेका थिए । अहिले शिक्षातर्फ कक्षा ११ र १२ मा एक सय जना र व्यवस्थापनतर्फ कक्षा ११ र १२ गरि ८० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक प्रमोदशरण केवटले बताएका छन् । उनले भने २०६७ तिर स्नातक तहको शिक्षा संकायमा समेत पठन पाठन सुरु गरेका थियौ तर विद्यालयले क्याम्पस संचालनको लागि आर्थिक सहयोग नगरेपछि एक शैक्षिकसत्रको प्रथम वर्ष पढाएर अन्य क्याम्पसमा विद्यार्थी पठाउन बाध्य भएको बताएका छन् । गाउँघरमै उच्च शिक्षा आर्जन गर्ने अवसर पाएपछि सस्ता र सुविधासम्पन्न रुपमा घरबाटै पढने मौका पाएकाले यहाँको गरिव, किसान र श्रम पुँजी भएका किसानका छोराछोरी, बुहारीहरुको समेत उच्च शिक्षामा पहुँच बढेको छ ।


धनुषाधाम नगरपालिकाको धारापानी मुलावारीस्थित श्री माध्यमिक (प्राविधिक तथा व्यवसायिक ) विद्यालयमा अहिले करिव एक हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायतर्फ एक सय ३० जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ्गमा २ सय जना विद्यार्थी अध्ययनरत रहेका छन । प्राविधिक तर्फ धनुषासहित सिरहा र महोत्तरीका विद्यार्थीहरु समेत पढन विद्यालयमा आउने गरेको विद्यालयका प्रध्यानाध्यापक प्रदिप सिंहले बताएका छन । उनले भने अहिले हामीले अर्को सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान संकायतर्फको कक्षा समेत संचालन गर्ने तयारीमा छौं ।

अभिभावकहरुको मागको आधारमा नर्सरीदेखि कक्षा ३ सम्म अग्रेजीमाध्यममा पढन पाठन सुरु गरेका छौं । विद्यार्थीहरुले कम लगानीमा आफनै घरबाट सिभिल इन्जिनियरिङ्गको कोर्ष पढन पाएकोमा खुशी भएका छन् । थोरै खर्चमा राम्रो गर्नका लागि हामीले समेत पहल गरि रहेको प्रधानाध्यापक सिंहले बताएका छन् । गुणस्तरिय शिक्षा दिने प्रत्याभुति दिलाउन सके विद्यार्थीहरु गाउँघरकै विद्यालय र क्याम्पसबाट पढन चाहने गरेको प्रधानाध्यापक सिंहको भनाई रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद
स्वास्थ्य/शिक्षा

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In