मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छ । माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी भएको हो ।

माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् । दुवै मन्त्रीको शपथ मङ्गलवार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार