धनुषा,०७९ माघ २४ गते । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित लवकुश बजारमा मंगलवारबाट ३ महिने ब्युटी पार्लरसम्बन्धी तालिम सुरु भएको छ । उद्यमी सृजनाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाको आयोजनामा सुुरु भएको तालिममा स्थानिय १७ जना महिलाको सहभागिता रहनेछ ।
बटेश्वर गाउँपालिका–१ का वडाध्यक्ष अशोक कुमार महतोले एक समारोहकाबीच तालिमको विधिवत रुपमा उदघाटन गरी तालिमको सुुरुवात गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष महतोले तालिमलाई व्यवहारमा लागु गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उद्यम÷व्यवसायले परिवार तथा समाजको आयस्तरमा वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्थानिय शिक्षक रामवृक्ष महतोले तालिमले स्थानियहरुको आय आर्जनमा सहयोग पुग्ने बताए । उनले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्न सके मात्र सरकारले राखेको आर्थिक समृद्धिको लक्ष्य पुरा हुन सक्नेमा जोड दिए । स्थानिय वासी तथा नेपाली कांग्रेसका नेता सुरज महतोले स्थानिय स्तरमा विभिन्न प्रकारका सीप मूलक तालिमको आवश्यकता माथि जोड दिए ।
घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका अधिकृत नागेन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा लवकुश मन्दिरका महन्थ श्याम दास, घरेलु कार्यालय धनुषाका कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद सिंहलगायत स्थानियवासी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । उद्योग÷व्यसायको दर्ता, नवीकरण, बजार अनुगमनका साथै सीप मूलक तालिम संचालन दिने घरेलु तथा साना उद्योग कार्यालयको कार्य क्षेत्र भित्र पर्दछ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !