धनुषा,०७९ फागुन १९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समुहले बालविवाह र दहेज प्रथाविरुद्ध फागुन १९ गते लवकुश बजारमा सडक नाटक प्रदर्शन गरेको छ ।
मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले बाल अधिकार सचेतना समुहले सडक नाटक प्रदर्शन गरेको हो ।

“दाइजो प्रथा रोकथाम र बालविवाहले निम्ताएको समस्या “ नामक सडक नाटकमा समुदायमा दाइजो प्रथा यथावतै रहेको कारणले छोरीलाई कम उमेरमै बालविवाह गर्ने र छोरीलाई संसार देख्नबाट वञ्चित गर्ने नियतले महिलाको कोखमै बच्चा मार्ने सम्मको क्रियाकलाप हाम्रो समुदायमा यथावत रहेको कुरा दर्साउन खोजेको थियो ।
छोरा जन्मिदा घरमा बुहारीलाई स्विकार गर्ने र तामझामका साथ स्वागत गर्ने लगायत आमाको गर्वमै रहँदा छोरी जन्मिने खवर पाउँदा आमा र बच्चालाई मार्ने र हेला गर्ने गरेको घटनाप्रति सडक नाटक केन्द्रित रहेको थियो । यस्ता विकृति र कुरुतिलाई अन्त्य गर्न र हामी समुदायका व्यक्तिहरु सचेत हुनुपर्ने नाटक मार्फत् सन्देश दिन खोजिएको बाल अधिकार सचेतना समुहका अध्यक्ष समेत रहनुभएका सडक नाटकका लेखक तथा निर्देशक रुपेश कुमार सिंहले बताउनुभयो ।

सडक नाटकमा बाल अधिकार सचेतना समुहका सिता सिंह, अमृता सिंह, अखिलेश महतो, सन्दिप महतो, कृष्णा राउत, बसन्त महतो, विवेशक महतो, विवेक यादव, काजल महतो, रन्जु महरा र रुपेश कुमार सिंहलगायतको मञ्चन गर्नुभएको थियो ।
सडक नाटक प्रदर्शन कार्यक्रममा शिक्षक, अभिभावक, संस्थाका प्रतिनिधीहरुलगायत सयौंको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।


यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !