
धनुषा,०७९ चैत २ गते । जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने प्राइम टेलिभिजनका धनुषा संवाददता ३० वर्षीया चाँदनी झालाई फागुन ३० गते दुव्र्यवहार गर्ने जनकपुरधाम बस्ने रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अध्ययनरत ३२ वर्षीय कमोध मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा चैत १ गते उजुरी दिइएको छ ।
पत्रकार चाँदनी झा क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनको सामाचार संकलन गर्न पुगेको वेलामा आफुलाई अपमानजनक शब्द प्रयोग र व्यवहार प्रदर्शन, मेरो अस्मितामा आँच पुग्ने गरि सार्वजानिक स्थल राराव क्याम्पस परिसरमा गाली बेइज्जती गरि अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले पत्रकार झाको उजुरी प्रहरीमा आएको छ । हामीले घटनाबारे अनुसन्धान गरि रहेको बताउनुभयो । उहाँले महिला संचारकर्मी माथि भएको घटनाप्रति हामी गम्भिरताका साथ अनुसन्धानमा खटेको बताउनुभयो ।
पत्रकार चाँदनी झा रिर्पोटिङ्गको क्रममा राराव क्याम्पस पुगेको बेलामा भएको दुव्र्यवहार घटनाको नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक प्रेस विज्ञप्ति जारी गरि घोर भत्र्सना गरिएको छ ।
नेपाल पत्रकार महासंघ अध्यक्ष मनिका झाले पत्रकारिता समाजको ऐना हो, समाजमा भई रहेको गतिविधिलाई संचारमाध्यमबाट श्रोता, दर्शक र पाठक समक्ष प्रस्तुत गरिनु कठिन कार्य रहेको र महिला पत्रकारलाई अझै बढी चुनौती रहेको वेलामा पत्रकार चाँदनी झालाई रिर्पोटिङ्गको क्रममा प्रहरी प्रशासनको उपस्थितीमा दुव्र्यवहार गरि दुखद घटना भएको बताउनुभएको छ ।
यस घटनामा सलग्न आरोपितलाई कानुन बमोजिम कारवाही गर्न स्थानिय प्रशासनसंग नेपाल पत्रकार महासंघ धनुषा शाखा जोडदार माग गरेको अध्यक्ष मनिका झाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

