बडहरीमा ट्रयाक्टर चालकमाथि छुरा प्रहार गर्ने ३ जना गिरफतार

धनुषा,०७९ चैत ४ गते । धनुषामा एकजना ट्रयाक्टर चालक पवन कुमार महतोमाथि छुरा प्रहार गर्ने ५ जनामध्ये ३ जनालाई प्रहरीले गिरफतार गरेको छ । मिथिला नगरपालिका–९ बस्ने २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको अस्थायी प्रहरी चौकी बडहरीले जनाएको छ ।


छुरा प्रहार गरेर भागेका पाँच जनामध्ये तीन निरज लामा, रितेश लामा र किसन लामा गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् । धनुषाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोसंग केटाहरुले पैसा माग गरेका थिए । पैसा नदिएपछि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।


गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । महतोको अहिलेसम्म पाँचवटा अप्रेसन गरिएको अस्पताल श्रोतले जनाएको छ । घटनाबारे अनुसन्धान भई रहेको र फरार भएका आरोपितहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार