आँपको मजरले हर्षित किसान, निलगाइ र बाँदरको आतंकले चिन्तित

धनुषा,०७९ चैत ४ गते । धनुषाको बटेश्वरका आँप खेती गर्ने किसानहरु हर्षित भएका छन् । मौसममा देखिएको अनुकूलता तथा बढी मात्रामा आँपको रुखमा मजर लागेकाले किसानहरु हर्षित भएका हुन् । वर्ष दिनको एकलौटी खेती गर्दै आएका किसानहरुको खेतवारीमा आँपको मजरले वास्ना दिदै आएको छ ।

https://fb.watch/jllJy1Sn8R/ निलगाईको आंतक हेर्न यस लिंकमा थिच्नुहोस् ।

गत वर्षको तुलनामा यस किसानहरुको आँपको मजर बढी पलाएको बटेश्वर गापा–१ का किसान रामउदगार महतोले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा आँपमा मजर लागेको भएपनि निलगाइले मजर नै खाने गरेको र मजरमा दाना लागेर बाँदरले टिपेर फाल्ने, खाने गरेकाले आफुहरुलाई चिन्ता थपेको गुनासो गर्नुभयो ।


बटेश्वर गाउँपालिकाको वडा नं. १ देखि ४ वडामा बढी मात्रामा आँपको खेती किसानहरुले गर्ने गरेका छन् । अहिले निलगाई र बाँदरको आंतकले गर्दा किसानहरु आफनै आँप बगैचामा निर्धक्क भएर जान समेत पाएका छैनन् । अचेत निलगाई हुलका हुल एउटै ठाउँमा बस्ने गरेको छ । बटेश्वर गाउँपालिकाको आपँ बगैचा नै बाँदर, निलगाई र बदेलको सुरक्षित वासस्थान बनेको छ । अचेत बँदेल एकआध मात्रै देखिएको भएपनि बाँदर र निलगाईको आंतकले किसानलाई सह्न सकस भई रहेको बटेश्वर–१ चित्रपुरका किसान सन्त पुण्यदेव दासले बताउनुभयो । किसानको घर आगंन र बारीमा समेत लगाइएको खेती र तरकारी बाली समेत नष्ट गर्ने गरेकाले आफुहरुलाई निकै समस्या भएको सन्त पुण्यदेव दासले बताउनुभयो ।


जंगली जनावरको आंतकले गर्दा किसानहरुले खेती गर्न सकेका छैनन् । धान, चामल, गहुँलगायत तरकारी समेत किन्नु परेको र खेत बाँझो भएकाले आफुहरुलाई आर्थिक, मानसिकलगायतको समस्या भई रहेको किसान नथुनी कुशवाहाले बताउनुभयो ।
चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले आँप खेती गरेको र अहिले आँपका रुखहरुमा देखिएको मजरले करीब २३ हजार १ सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको केन्द्रका बागवानी अधिकृत प्रदीप कुमार यादवले बताए ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा आँप खेती गरेकोमा २२ हजार ७ सय ५० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यही अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको छ ।


आँप खेतीबाट पनि राम्रो आम्दनी हुने गरेकोले किसानहरुले आँप खेति तर्फ पनि आकर्षित भएपनि अहिले मजर नै घोरगदहाले खाने गरेको छ । फल लागेरपछि बाँदरले टिपेर फाल्नेलगायतको समस्या किसानहरुको लागि चुनौतीको विषय बनेको छ ।
जिल्लाका गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, वटेश्वर गाउँपालिका आँप उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ । पकेट क्षेत्र घोषणा गरिएको भएपनि हरेक किसानले यसको लाभ लिन सकेको छैन् । केही किसानहरुले व्यक्तिगत रुपमा मात्रै फाइदा लिने गरेको छ ।


धनुषामा खास गरी मालदह, बम्बै, दशहरि, मलिका, कलकतिया, आम्रपालीलगायतका विकसित आँप बढी उत्पादन हुने गरेको छ । धनुषामा उत्पादन भएको आँप काठमाण्डु, विरगंज, पोखरालगायत भारतमा समेत जनकपुर, जलेश्वर, गौर, मलगवा हुदै निर्यात हुने गरेको छ ।

धेरै पढिएको

ताजा समाचार