वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

धनुषा,०७९ चैत ८ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित पक्राउ परेका छन ।
जनकपुरधामको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट वडा नं ११ का वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियारको टोली प्रहरीको सहयोगमा घुस रकम पचास हजार रुपैया सहित गिरफतार गरेको हो ।


चैत ८ गते साँझ अख्तियारले प्रहरीको सहयोगमा वडाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाईएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

धेरै पढिएको

ताजा समाचार