
धनुषा,०७९ चैत ९ गते । एकिकृत अखिल नेपाल शिक्षक संगठन धनुषाले चैत ८ गते नेपाली शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवस मनाएको छ ।
संगठनको केन्द्रिय सर्कुलर अनुसार एकिकृत अखिल नेपाल शिक्षक संगठन धनुषाका अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव दिनेश रायको प्रमुख आतिथ्य र संगठनका मधेश प्रदेश कमिटीको महासचिव गुलाब यादवको विशेष उपस्थितीमा दिवस मनाइएको हो ।
जनता माध्यमिक विद्यालय बेल्ही रजौलको प्रागंनमा आयोजित दिवस तथा स्मृति सभामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला सचिव मनोज कुमार यादवले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवस तथा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरेर भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको थियो ।
शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवसको बारेमा शिक्षक नेताहरुले आ आफ्नो महत्वपूर्ण विचार राख्नु भएको थियो । चैत्र ८ गतेको दिन मा नै शिक्षक दिवस राष्ट्रिय स्तरमा समेत मनाउदा अझै शिक्षक बलिदानी दिवसको महत्व बढ्न थालेको वक्ताहरुले बताउनुभयो थियो ।

