धनुषा, महोत्तरीलगायत देशभर ३२ औं ओरेक दिवस भव्यताका साथ मनाइयो

धनुषा,०७९ चैत २० गते ।
महिला हिंसा र दहेज प्रथा, बालविवाहविरुद्ध सक्रिय संस्था ओरेकले चैत १९ गते जनकपुरधाम र जलेश्वर शाखालगायत देशभर २२ ओटा शाखा कार्यालयहरुमा ३२ औं वार्षिकोत्सव मनाएको छ ।

ओरेकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयलगायत जिल्लास्थित शाखा कार्यालयहरुमा समेत ओरेक दिवसको अवसरमा खुल्ला प्रदर्शनीको साथै दिप प्रज्वलन गरि मनाइएको ओरेकका केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक विकास बन्जाराले बताउनुभयो । महिला मानवअधिकारकर्मी डा.रेणु अधिकारीको अग्रसरतामा स्थापित ओरेकले महिला हिंसा न्युनिकरण, दहेज प्रथाविरुद्ध संगठित हुदै पछिल्लो पटक पर्यावरण र कृषि क्षेत्रमा समेत आफना गतिविधिहरुमा समाजमा परियोजनामार्फत विस्तार गरेको छ ।

ओरेक दिवसको अवसरमा महिला अधिकारकर्मी, बालबालिका, जनप्रतिनिधी, संचारकर्मीहरुलगायतले प्रदर्शनीमा आएर अवलोकन गरेको ओरेक परियोजना संयोजक विणा सिंहले बताउनुभयो । ओरेक दिवसको अवसरमा अफिसमा जनचेतनामुलक विभिन्न पर्चा पम्पलेट, सलोगन, पर्यावरणको क्षेत्रमा गर्ने कामको अभियान तहत प्रदर्शनीलगायतको कार्य गरेको छ ।

ओरेके दिवसको अवसरमा जलेश्वर शाखा अवलोकन गरेका जलेश्वर नगरपालिकाका मेयर सुरेश साहले ओरेकले गरेको गतिविधिप्रति आफुहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले ओरेक जलेश्वरका लागि सुरक्षित सेफ हाउसको आवश्यकता देखिएको र सेफ हाउस र अफिसका लागि जग्गाको सुनिश्चितता भएको खण्डमा नगरपालिकाबाट भवन निमार्णका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जलेश्वर शााखामा राखिएको प्रदर्शनीमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, जिल्ला अदालत जलेश्वरका श्रेष्तेदार मदन प्रसाद जयसवाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिप गिरी, जिल्ला समन्वय समिती महोत्तरीका उपसभापति नन्दु महरा, जलेश्वर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश पाठक, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह, शिक्षा पत्रकार समुहका प्रदेश संयोजक दिपेन्द्र सिंह, ओरेक केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक विकास बन्जारालगायतका सरोकारवालाहरुले अवलोकन गरेका छन् ।

ओरेक धनुषाको कार्यालयमा राखिएको खुल्ला प्रदर्शनीमा समेत विभिन्न पालिका प्रमुख, मानवअधिकारकर्मी, पत्रकार, विद्यार्थी, किशोरी समुहलगायत विभिन्न पालिकाका प्रमुखहरुले अवलोकन गर्नुभएको छ ।

धेरै पढिएको

ताजा समाचार