मधेशी समुदायबाट पहिलो महिला एआइजी सिंह

काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको एआइजीमा डा. आशा सिंहको बढुवा सिफारिश भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिश गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी बढुवा सिफारिशको जानकारी दिएको हो । नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा दरबन्दी भएकी सिंहले ७४.७२३७ अंक प्राप्त गरेकी थिइन् ।

सिंह मधेशी समुदायबाट प्रहरीको एआइजी पदमा पुग्ने पहिलो महिला बन्नेछिन् ।

धेरै पढिएको

ताजा समाचार