हिमालय युवा क्लवको चित्रकला प्रतियोगिता सम्पन्न

ढल्केवर,पुस १७ ।

सामाजिक,धार्मिक,सांस्कृतिक,शिक्षा,स्वास्थय,खेलकुद तथा सरसफाइ लगायतका क्षेत्रमा अगे्रणी भुमकिा खेल्दै आएको धनुषाको मिथिला नगरपालिका वडा नंंंं.२ नक्टाझिज स्थित रहेकोे हिमालय युवा क्लव नक्टाझिजको २९ औं र हिमालय बहुउद्येश्य सहकारी संस्था लिमिटेड नक्टाझिजको १४ औं साधारण सभाको अवसरमा सप्ताहिक कार्यक्रमको पाचौं दिन आज चित्रकला प्रतियोगिता श्री राम जानकी विद्या आश्रम नक्टाझिजको प्राङ्गणमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । जसमा जनता मा.वि. नक्टाझिजको कृष्ण कुमार महतो प्रथम, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीको सुजित कुमार महतो द्घितिय जनता मा.वि. नक्टाझिजकै मंजित कुमार महतो तृतीय र गंोत्री ई.बो.स्कुल महेन्द्रनरको रंजिता कुमारी सिंह सान्त्वना स्थान हासिल गरेकी छिन् । सप्ताब्यापी कार्यक्रमको छठांै दिन हाजिरीजवाफ प्रतियोगिता र अन्तिम सातौ दिन पुस १९ गते शनिवारको दिन क्लव भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम , साँस्कृति कार्यक्रम ,अतिरित्त क्रियाकलापहरुमा प्रथम,द्वितिय र तृतिय स्थान प्राप्त गर्ने सहभागीहरुलाई पुरस्कार वितरण गरी साधारण सभा सम्पन्न गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष अरुण कुमार महतोले बताएका छन् ।

धेरै पढिएको

ताजा समाचार