
२०७६ पुस १९ गते ।
लापरवाह टिपर चालकको कारणले जनकपुरमा एक महिलाले ज्यान गुमाउनु परेको छ । जनकपुरधामको पेठिया बजार हुदै उत्तरतर्फ जादै गरेको रमन कन्ट्रसनको टिपरको ठक्करले गम्भिर घाइते भएकी अन्दाजी ४० वर्षीय सुधादेवी ठाकुरको मृत्यु भएको छ । मृतक सुधा देवी श्रीराम युवा कमिटीका पूर्व अध्यक्ष सोहन ठाकुरकी धर्म पत्नी हुन् ।
मन्दिरबाट पूजा गरेर फर्किँदै गरेको बेलामा दिउँसो साढे १२ बजे तिर ना.१ क. ४५०९ नम्बरको टिपरले पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी ठाकुरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।