
मंसिर १९ गते।
जनकपुर यूथ नेटवर्क सोसाइटीले शनिवार जनकपुरमा एकसय जनालाई न्यानो लुगा (लत्ता- कपड़ा) वितरण गरेको छ ।
जनकपुरधाम वार्ड ८ मा सोसाइटीका पदाधिकारीहरुले सोही वार्डमा रहेका विपन्न परिवारलाई लक्षित गरेर कपड़ा वितरण गरेको नेटवर्कका सलाहकार सरोज मिश्रले जनाएका हुन ।
चिसोको बेला विपन्नलाई यो न्यानो लुगा आफूहरुले पसल पसलबाट नै संकलन गरेर वितरण गरेको मिश्रले न्यूज २४ लाई जानकारी दिएका हुन ।

वार्ड ८ का मिथिला चौकमा सोसाइटीका सम्पूर्ण पदाधिकारीले आफ्नै हाथले लुगा फाटा बांडेको हो । सामाजिक दायित्व र मानवीय सेवाको लागि यो र यस्ता कार्य हामी गर्दै आएको सलाहकार मिश्रको तर्क छ ।
लुगा वितरणमा जनकपुर यूथ नेटवर्क सोसाइटीका तर्फ बाट कयूम राइन , रंजन झा, अलाउदीन खान, सरीफ राइन, उज्वल झा, राहुल राइन, अरुण कुमार साह, सुधीर दास, हिमांषु रॉय, सुजीत झा, पीयूष साह, राजीव सिंह , सफाई अभियानी दीपक ठाकुर र सलाहकार सरोज मिश्रको उपस्थिति रहेको थियो ।