इन्जियर साह नेकपामा गरे प्रवेश

धनुषा । ०७६ पुस २१ गते
जनकपुरका चिरपरिचित समाजसेवी इन्जिरियर प्रकाश चन्द्रका छोरा इजिनियर विकास साह नेकपामा प्रवेश गरेका छन् । नेकपाको प्रदेश कार्यालय जनकपुरमा आयोजित एक कार्यक्रमका विच इन्जिनियर साह नेकपामा औपचारिक रुपमा प्रवेश गरेका हुन् ।


इन्जियर विकास साहलाई फुलमाला र टिका लगाएर नेकपाका धनुषा इन्चार्ज श्रवण यादव बरवरिया, नेकपा धनुषा अध्यक्ष राजकिशोर यादव, नेकपाका धनुषा सचिव दिपक यादव, पूर्वमन्त्रि यदुवंश झा, नेकपाका नेता झल्कु यादवलगायतका नेताहरुले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश गरेका इन्जिनियर साहले नेकपा पार्टीले नै देशमा समृद्धि ल्याउने भएकाले जनताप्रति सदैव प्रयत्न रहँदै पार्टीले खटाएको जिम्मेवारी वहन गर्ने बताएका छन् ।

धेरै पढिएको

ताजा समाचार