
०७६ पुस २२ गते । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा जनकपुरका पत्रकारमाथी भएको छ । जनकपुरधामका मेयर साहसंग जानकी मन्दिर अतिक्रमण सन्दर्भमा बाइट लिन गएको बेलामा मेयर साहले आफ्ना कार्यकक्षमै कुटपिट नगर प्रहरी र नेताहरु परिचालन गरेर कुटपिट गरेको पिडित सुमित मिश्रले जानकारी दिएका छन् ।

मेयर साहको कार्यकक्षमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष रहेका कान्तिपुर टिभिका ब्युरो प्रमुख अनिल कुमार मिश्र, पत्रकार राजा झा, कान्तिपुर दैनिकका महोत्तरी संवाददाता अमरकान्त ठाकुर, सुमित मिश्र , सुभाष कर्ण, विकास साह, धैर्यकान्त दत, गोविन्द महतो , शत्रुधन यादवमाथी कुटपिट भएको हो । मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेपछि पत्रकार घाईते भएका हुन् । यसैबिच पत्रकारहरुमाथी भएको आक्रमण घटनाको घोर भत्सर्ना गर्दै दोषीमाथि कारवाही गर्न नेपाल पत्रकार महासघ प्रदेश समितिले माग गरेका छन् ।