
धनुषा । ०७६ पुस २३
प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने घोषणा गरेका छन् । किसानले उत्पादन गर्ने प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिने प्रदेश सरकारले दिने घोषणा गरेको हो ।
प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले ‘यही पुस महिनादेखि दूध बिक्री गर्ने किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिइनेछ बताउनुभएको छ ।’
मन्त्री साहले सहकारी संस्था, संकलन केन्द्र र डेरीमा दुध बेच्ने किसानको रेकर्ड रहने भएकाले यस्ता ठाउँमा दूध बेच्ने किसानले अनुदान पाउने बताउनुभयो । बजारमा दूध बेचे त्यसको रेकर्ड नरहने भएकाले त्यस्ता किसानलाई भने अनुदान दिन नसक्ने उहाँले बताउनुभयो ।