
एजेन्सी: इरान र अमेरिकाबीचको तनाव निकै बढेको छ । इरानले इराकमा रहेको अमेरिकी दुईवटा अड्डामा आक्रमण गरेको छ ।
यसबैबीच इरानमा युक्रेनी विमान दुर्घटनामा परेको छ । १७० यात्रु लिएर उडेको विमान केही क्षणमा नै दुर्घटनामा हुँदा विमानमा सवार सबै १७० जनाकै मृत्यु भएकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।
दुर्घटना लगत्तै बुशहरको न्यूक्लिय पावर प्लान्टनजिक भूकम्पको धक्का महसुस गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।
विमान दुर्घटनाको केही क्षणमा नै इरानको दक्षिण पश्चिम क्षेत्रको बुशहर स्थित न्यूक्लिय पावर प्लान्ट नजिक भूकम्पको सामान्य धक्का महसूस गरिएको छ । भूकम्प ४.९ रेक्टर स्केलको मापन गरिएको छ ।