शहिदनगरमा निःशुल्क दुई दिने परिवार नियोजन शिविर सम्पन्न

धनुषाको शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजनको शिविर सम्पन्न भएको छ । 

पुस २३ र २४ गते गरी सँचालन भएको दुई दिने परिवार नियोजन शिविरको क्रममा नगरभरिकी महिलाहरुले सेवा लिएकी हुन् । शहिदनगर नगरपालिकाको ९ वटै वडाकी महिलाहरुले सेवा लिएको जानकारी दिइएको छ । दुई दिने शिविरको क्रममा ५ दर्जन बढी महिलाहरु लाभान्वित भएको मेयर उदय कुमार बरबरियाले जानकारी दिनुभयो । 


स्वास्थ कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा शहिदनगर नगरपालिकाको समन्व्यमा शिविर सम्पन भएको हो । प्राथमिक स्वास्थ केन्द्र यदुकोहाको प्राँगनमा पुस २३ र २४ गते गरी दुई दिन शिविर  सन्चाल भएको थियो । 


उक्त शिविरमा डा. पंकज प्रताप देव , अनु सिंह ठकूरी, निलाम प्रजापति , तृष्णा बराल, पासंग डोंग तमांग , सृजना कोइली , मनीषा कार्की, दीपक खड्का , रवि मगर लगायतका डॉक्टरहरुको टीम सहभागी थियो । 

धेरै पढिएको

ताजा समाचार