• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कमला अभियानमा ‘पर्यटन र पर्यावरण’ चर्चा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २७, २०७६, ११:१० AM
0
कमला अभियानमा ‘पर्यटन र पर्यावरण’ चर्चा

०७६ पुस २७ गते

बचाउ (साप्ताहिक) अभियान अन्तर्गत शनिबार धनुषा, सबैला नगरपालिका –१३ को ढोलबाजास्थित सीताघाटमा जागरण भेला सम्पन्न भएको छ ।
वडा अध्यक्ष भागिरथ महतोको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद किशोरी साहले अभियानप्रति एक्यबद्धता जाहेर गरेका छन् । ‘आजको वातावरणीय परिवेश र पर्यावरणमा परिरहेको संकटलाई ध्यानमा राखेर सुरु गरिएको यो पवित्र अभियानका अगुवाप्रति हार्दिक आभार प्रकट गर्दछु’ अभियानका सुत्राधार विक्रम यादवलाई हौस्याउँदै सांसद साहले भने, ‘एक पुस्ताअघिसम्म हराभरा रहेको कमला नदीको दुवै किनार नाङ्गो भएको छ । निश्चित रुपमा स्थानीय बासिन्दामा चेतनाको अभावकै कारण यो परिस्थिति देखिएको हो ।’
कमला किनारका बासिन्दाहरुलाई जागरुक बनाउने उदेश्यले सुरु गरिएको यो अभियानले कमलाको संरक्षणसंगै पर्यावरण पर्यटनको विकासमा समेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै उनले सीताघाटस्थित कमला किनारमा धार्मिक पर्यटन प्रबद्र्धनका लागि धर्मशाला निर्माण गर्न ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।
भेलालाई सम्बोधन गर्दै सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी केवटले कमला किनारमा वृक्षारोपण र घेराबेरा गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताइन् । करिब डेढ वर्षदेखि चलिरहेको अभियानले स्थानीयमा सकारात्मक सन्देश प्रवाह गरेको चर्चा गर्दै उनले कमलाको बाँधमा वृक्षारोपण गरी उक्त विरुवा हुर्काउन आवश्यक रकम नगरपालिकाले उपलब्ध गराउने बताइन् । यसका लागि स्थानीयको सहयोगको अपेक्षा गर्दै उनले सबै पक्षलाई अभियानमा सहयोग गर्न समेत आह्वान गरिन् ।


अभियानका संयोजक विक्रम यादवले कमलाको उत्पतिदेखिको इतिहासवारे चर्चा गरे । हिन्दु धर्मग्रन्थमा कमलावारे उल्लेखित सन्दर्भको व्याख्या गर्दै यादवले भने, ‘कमला मात्र जलाधार होइन । यो मानव सभ्यताको जननी हो ।’ कमलाबाट सिंचित खेतबारीले उत्पादन गर्ने खाद्यान्नको भरमा जीवन निर्वाह गर्ने मानव जीवनका लागि कमला वरदान रहेको उनले उल्लेख गरे । तर, पछिल्लो समय कमलाको मुहानमै हुन थालेको आक्रमणले तराईदेखि भारतीय भूमिमा पर्ने कृषिकर्मसमेत प्रभावित भएको उनको भनाइ थियो ।
२०७५ सालको कात्तिकमा सुरु गरेको यो अभियानले कमलासंग जोडिएका बस्तीमा एकप्रकारको विचार क्रान्ति ल्याएपनि राज्य जिम्मेवार नहुँदा संरक्षणमा अपेक्षित परिवर्तन नदेखिएको उनको भनाइ थियो । ‘जनस्तरमा हामीले यो अभियानमार्फत कमलाको संवेदनशिलता र पर्यावरण सम्बन्धी चेतना प्रवाह गरिरहेका छौं । तर, सोही अनुरुप राज्यले तदारुकता नदेखाउँदा कमला संरक्षण कार्यमा सार्थक परिणाम देखिन बिलम्ब भइरहेको छ’ उनको भनाइ थियो ।
अभियानका सचिव एवं मानव अधिकारकर्मी विनोद महराले सञ्चालन गरेको भेलामा वडा अध्यक्षहरु प्रदिप महतो, कुशेश्वर ठाकुर, नेकपा नेता रोशन यादव (प्रकाश), समाजसेवी फेकन राउत, विनोद पाल, महादेव राउत, विनोद अधिकारी (विपिन), विरेन्द्र यादव, रामनाथ यादव, सञ्चारकर्मी सुरेश यादवलगायत सामाजिक सयौं अगुवाहरुले अभियानको सार्थकतावारे विचार व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In