वातावरण संरक्षक महतोको घटनाप्रति इन्सेकको ध्यानाकर्षण

०७६ पुस २९ गते ।
धनुषाको मिथिला नपा–५ बस्ने दिलिप भनिने ओमप्रकाश महतोलाई फलामको रडले कुटपिट गर्दै सुनियोजित तरिकाले टिपरले किचेर हत्या गरेको घटनाप्रति मानवअधिकारको क्षेत्रका क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को ध्यानाकर्षण भएको जनाएको छ । पुस २९ गते इन्सेक प्रदेश २ का संयोजक राजु पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधानको मौलिक हकमा नागरिकको बाँँच्न पाउने हक तथा विचार र अभिव्यक्ति स्वतन्त्रताको हकलाई संवैधानिक रुपमा सुनिश्चित गरिएको हुँदा यस घटनाले उक्त हक हनन् भएको इन्सेकको ठहर रहेको जनाएको छ ।
इन्सेक प्रदेश २ ले जारी गरेको विज्ञप्तिमा संविधानको मौलिक हकको धारार ३० मा स्वच्छ वातावरणको हक हुने भनि संवैधानिक व्यवस्था गरिएकोमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख छ । तसर्थ पर्यावरण तथा वातावरण संरक्षण अभियानको नेतृत्व गरिरहेका महतोलाई निर्ममतापूर्वक हत्या गरिएको भनिएको घटनाको प्रभावकारी रुपमा अनुसन्धान गरि घटनामा संलग्न दोषीलाई कानुनवमोजिम कारवाही गर्न इन्सेक प्रदेश २ ले माग समेत गरेका छन् ।
इन्सेक प्रदेश २ ले पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिन नेपाल सरकारसंग आग्रह गर्दै शोकमा डुवेको परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दछु इन्सेक प्रदेश २ संयोजक राजु पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार