‘चुरे लुटन पाइदैन’, भन्दै ढल्केवरमा दिलिप हत्याको बिरोध प्रदर्शन

विजयकुमार साह
ढल्केवर (धनुषा) ‘चुरे लुटन पाइदैन’, ‘चुरे दोहन बन्द गर’, ‘मानवीय हत्या गर्न पाइदैन’, ‘माफियागिरी चन्दैन’, ‘स्थानीय सरकार अवैध उत्खनन बन्द गर’ ‘दिलिप महतो जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा नेपाली काँग्रेसका कार्यकर्ताले पर्यावरण अभियन्ता दिलिप महतोको हत्या बिरुछमा बिरोध प्रदर्शन र श्रद्धाञ्जी सभाको आयोजना गरे ।

नेपाली काँग्रेस मिथिला नगरपालिकाका नगर सभापति जोगी महतोको अगुवाई निकालिएको बिरोध प्रदर्शनका सहभागिहरुले ढल्केवर चौकको नगरपरिक्रमा गरि शहिद पार्कमा कोण सभा गरेका थिए । कोणसभामा पूर्व सांसद चन्द्रमोहन यादवले ‘दिलिपको हत्या भएपनि उनको बिचारको हत्या नभएकाले उनी द्वारा उठाइएको बिचारलाई देशका हरेका नागरिकले आत्मासाथ गरेर चुरे विनासलाई रोक्नतर्फ लाग्नु पर्ने बताए ।’

कोणसभा कार्यक्रममा नेकाँ धनुषाका जिल्ला कोषाध्यक्ष राजलाल महतो, क्षेत्रिय उपसभापति राजकुमार महतो, नेपाल तरुण दलका क्षेत्रिय सभापति रामएकवाल यादव, बासलाल महतोलगायतका वक्ताहरुले दिलिपको हत्या र उनको कार्य बारे चर्चा गरेका थिए ।

गत शुक्रबार बिहान अवैध खोला उत्खनन रोक्ने भनेर गएका मिनपा ५ श्रीपुरका दिलिप महतोलाई क्रसर सञ्चालक र अवैध गिटी बालुवा उत्खनन माफियाहरु रडले शरिरको विभिन्न भागमा घोचेर घाइते बनाई टिफरको चक्काले किचेर हत्या गरेका थिए । उनै दिलिपलाई पर्यावरण सहिद घोषणा र हत्यामा संलग्नहरुलाई कडा कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरिएको सहभागि शशि महतोले बताए ।

धेरै पढिएको

ताजा समाचार