क्रसर उद्योगमा जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता

०७६ माघ ४ गते ।
रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ । कानुनी रूपमा अवैध, प्राकृतिक भू बनावट, सम्पदा तथा वातावरणीय दृष्टिले विनाशकारी उक्त कार्य रोक्न आग्रह गर्दा धनुषाको मिथिला नपा ५ बस्ने २५ वर्षका दिलिप भनिने ओमप्रकाश महतोलाई कुटपिट गर्दै टिपरले किचेर हत्या भएको पछिल्लो उदाहरण हो । अवैध उत्खन्नको विरोध गर्नेहरुमाथि धाक धम्की दिदै आएकाले गर्दा कतेको स्थानियबासिन्दाहरु क्रसित भएका छन् ।


नदीको ‘धार’ नै परिवर्तन हुने गरी भएको रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी रोक्न अघिल्लो साता बिहान खोला किनारामा पुगेका दिलीपलाई क्रसर उद्योग व्यवसायी विनोद र विपिन महतो दाजुभाइले फलामको रडले घोचेर बेहोश बनाई टिप्परले किच्न लगाई हत्या गरिएको दाबी प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश बस्नेतका अनुसार अवैध रोडा, ढुङ्गा तथा बालुवा र क्रसर उद्योगको नियन्त्रणमा चुनौती देखिएको छ । व्यक्तिगत आयआर्जनका अतिरिक्त स्थानीय तहका लागि आम्दानीको आकर्षक स्रोत भएकाले जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ्दै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

धेरै पढिएको

ताजा समाचार