
धनुषा । ०७६ माघ ५ गते ।
जनकपुर १ स्थित भानुचौकबाट कारमा २ थान चाइनिज पेस्तोलसहित २ जनालाई प्रहरीले गिरफतार गरेको छ । भानुचौकमा गएराति बा.१४ च. ७४५९ नम्बरको महेन्द्रा कारले ज.९ प.४८०६ को मोटरसाइकलमा सवर महोत्तरीको पिपरा गा.पा. ५ बस्ने बर्ष २० को पारस कुमार यादव र हंसपुर न.पा.२ बघचौडा बस्ने बर्ष ३० को शिव कुमार मण्डल घाइते भएका छन् । यादववको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको छ भने मण्डलको बायाँ हातमा चोट लागेर धनुषा अस्पतालमा उपचार भई रहेको छ ।

यता, धनुषाका डिएसपी रामेश्वर कार्कीको कमाण्डमा खटिएको टोली कारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने ६ राउण्ड गोली, १ थान म्यागजिन बरामद भएको छ । कारभित्र पेस्तोल लुकाई छिपाई राखेको आरोपमा धनुषा क्षिरेश्वरनाथ न.पा.१ रमदैया राम प्रयाग यादवको बर्ष ४२ को जितेन्द्र कुमार यादव र सोहि ठाउँका शंकर झाको ३० वर्षीय छोरा कुमोद नारायण र कार समेत नियन्त्रणमा लिएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।