जनकपुरमा मिडिया काउन्सिलको विरोध गर्दै काग्रेसले बुझाए ज्ञापनपत्र

धनुषा, ०७६ माघ ५ गते
नेपाल सरकारले ल्याउन लागेका मिडिया विद्येयकको विरोध गर्दै नेपाली काग्रेस धनुषाले सिडियोमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली काग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीको नेतृत्वमा पूर्व खानेपानी तथा सरसफाईमन्त्रि महेन्द्र यादव, पूर्वमन्त्रि आनन्द ढुङगानालगायतको नेताहरुको विशेष उपस्थितीमा जनकपुर नगरको विभिन्न चोकमा विरोध प्रदर्शन गरेका छन् । सयौ नेताहरुको उपस्थितीमा मिडिया काउन्सिलको विरोध गरेको नेपाली काग्रेसका नेताहरु जिल्ला प्रशासन धनुषामा पुगेर धर्नामा बसेका थिए ।


काग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई मिडिया विद्येयकको विरोध गर्दै विद्येयकमा सुधार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । धनुषाका सिडियोले ज्ञापन पत्र लिदै आफुले यो पत्र नेपाल सरकारसमक्ष बुझाउने बताएका थिए ।

धेरै पढिएको

ताजा समाचार