• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश सरकारका मन्त्री ‘विनालगामका घोडा’

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ६, २०७६, ७:५२ PM
0

धनुषा, ०७६ माघ ६ गते ।

सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन ५ महिना ५ दिनपछि मंगलबार सुरु भएको छ । गत भदौ १ गते सम्पन भएको अधिवेशन आजदेखि सुरु भएको हो ।

अधिवेशनको पहिलो दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन दलका नेताहरुले सम्बोधन गरेका थिए । सत्तापक्षका सांसद तारा लामा तामाङले प्रदेश सरकारको बचाउ गरे पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले सरकारको चर्काे आलोचना गरे ।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारका मन्त्री विनालगामका घोडा हुँदा प्रदेशमा भष्ट्राचारले सीमा नाघेको आरोप लगाए । प्रदेश सरकारले हालसम्म ३ वटा बजेट तथा कार्यक्रम ल्याउँदासमेत जनमुखी काम नभएको उनको आरोप थियो । केही मन्त्रीहरु जनताप्रति उत्तरदायी नभई स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै नेता रावलले उनीहरुलाई ठीक ठाउँमा ल्याउन मुख्यमन्त्रीलाई विशेष आग्रहसमेत गरे । ‘सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिनमा आर्थिक अनियमितता तथा बाजुराको बडीमालिकामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा भएको डुब्लिकेशनको भन्दै छानबिन हुनुपर्छ,’ उनले भने ।

नेता रावलले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकका नाममा व्यापक आर्थिक अनियमितता हुने गरेको आरोप लगाए । प्रदेश सरकारले ३२ वटा कानुन बनाएको दावी गरे पनि कार्यान्वयनको अवस्था फितलो हुँदा प्रदेश सरकार भएको अनुभूति जनताले गर्न नपाएको नेता रावलको भनाइ छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)की प्रदेशसभा सदस्य मालामती कुमारी रानाले कुनै समय सुदूरपश्चिम प्रदेश ७ नम्बर प्रदेशले चिनिए पनि अहिले भष्ट्रचार र अनियमिततामा १ नम्बरमा झरेको दावी गरिन् । उनले प्रदेश सरकारले कमी कमजोरीलाई बेलैमा नसुधार्ने हो भने प्रदेश सरकार नै खतरामा पर्ने बताइन् । प्रदेश सरकारले खरिद गरेका एम्बुलेन्स, अल्ट्रासाउण्ड मेसिन, मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता र कृषि सामग्रीमा ठूलो भष्ट्राचार हुदाँसमेत सरकार मौन बसेको आरोप लगाएकी छन् ।

नेकपा प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य तारालामा तामाङले भने सरकारको बचाउ गरे । उनले प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको बताए । प्रदेशमा रहेको सामाजिक कुरीतिको अन्त्यका लागि सरकारले अभियान थालेको उनले दावी गरे । देखिएका कमीकमजोरीलाई सुधार्दै बनेका कानुनहरु कार्यावन्यनमा प्रदेश सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा भने सांसद तामाङले जोड दिएका छन् ।

प्रदेश सभाको अर्को बैंठक मंगलबार १२ः३० मा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In