शहिदनगरमा दलित किशोरीमाथि बलात्कार प्रयास

धनुषा, ०७६ माघ ७ गते
धनुषामाको शहिदनगरपालिका ९ बस्ने १५ वर्षीया नावालिकामाथि २३ वर्षीय अकलम नदाफले बलात्कार प्रयास गरेको छ । माघ ४ गते दिउँसो १ः३० बजे पिडित किशोरी शौच गर्न घरभन्दा डेढ किलोमिटर चौरीमा गएको वेला शहिदनगरपालिका २ चोराकोयलपुर वस्ने २३ वर्षीय अकलम नदाफले किशोरीलाई समातेर प्रेम प्रस्ताव राखेका थिए । प्रेम प्रस्ताव अस्विकार गरेपछि नदाफले जबरजस्ती करणीको प्रयास गरेको पिडितले किशोरीले अभिभावकलाई जानकारी गराएकी छिन् ।
नदाफले नावालिकामाथि बलात्कार प्रयास गरेपछि जोडले कराएपछि स्थानियहरुले जानकारी पाएर घटनास्थल पुग्दा भागेका नदाफको भाग्ने क्रममा खुट्टा भाँचिएको छ । भाग्ने क्रममा खुट्टा भाँचिएपछि नदाफका अभिभावकले उल्टै कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय यदुकोहामा माघ ४ गते नै मौखिक खवर गरेका थिए ।
प्रहरीले कुटपिट गरेर खुट्टा भाँचिको भन्दै पिडित किशोरीको छिमेकी ३५ वर्षीय लालकुमार सदालाई नियन्त्रणमा सोही दिन लिएका छन् । हालसम्म सदा इलाका प्रहरी कार्यालय यदुकोहाको नियन्त्रणमा रहेको स्थानिय विनोद कुमार गोइतले जानकारी दिएका छन् । पीडित किशोरीका बुवा वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा छन् ।
इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर दिपकबावु केसीले स्थानिय राजनितिकर्मीहरुको दवावमा आएर बलात्कार प्रयास गरेका नदाफलाई गिरफतार नगरेको पिडित परिवारको आरोप रहेको छ ।
इलाका प्रहरी कार्यालय यदुकोहाका इन्सपेक्टर केसीले नदाफको खुट्टा लालकुमार सदाले भाँचेको भनेपछि लालकुमारलाई नियन्त्रणमा लिइएको बताए । यता, किशोरीले जबरजस्ती करणी प्रयास भएको जानकारी गराएकाले सत्यतथ्य बुझि रहेको बताए । उनले भने, ‘पीडित किशोरी अहिले प्रहरी कार्यालयमै रहेकाले कुरा बुझ्दैछौँ, पिडित पक्षबाट मौखिक रुपमा जानकारी आए पनि लिखित रुपमा जाहेरी नआएकाले पिडितको स्वास्थ्य परिक्षण समेत गरिएको छैन् ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार