
धनुषा, ०७६ माघ ११ गते ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले उत्खन्न गर्दै आएको विरोध गरेका युवा ओमप्रकाश महतो (दिलिप)का हत्या आरोपमा सत्यनारायाण महतोलाई गिरफतार गरेको छ । पुस २५ गते औरही खोलामा कुटपिट गर्दै टिपरले किचेर ओमप्रकाश महतोको हत्या गरेको थियो । महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको धनुषाका एसपी रमेश कुमार बस्नेतले जानकारी दिनुभएको हो । गिरफतार परेका सत्यनारायण महतो सोही टिपकरका सहायक (खलासी) को रुपमा काम गर्दै आएका थिए ।
घटनालगतै फरार भएका महतोलाई गणेशमान चारनाथ नगरपालिका–२ स्थित उहाँको घरबाटै गिरफतार गरेको धनुषाका डिएसी रामेश्वर कार्कीले जानकारी दिनुभयो । पुस २५ गते बिहान करिव ४ः१० बजे नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका बेला धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीपको हत्या भएको थियो ।
यसअघि धनुषा प्रहरीले हत्या घटनामा सलग्न आरोपमा चुरियामाई वालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो, टिपरका चालक मुनीन्द्र महता, लोडर चालक जितेन्द्रकुमार महतो, स्थानिय युवा रोशनकुमार यादवलाई गिरफतार गरि सार्वजानिक गरि सकेको छ । मृतक ओमप्रकाश महतोका वुवा रामजीवन महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा ७ जनाविरुद्ध किटानी जाहेरी पुस २६ गते दिनुभएको छ ।