
श्यामसुन्दर राम
१२ माघ, २०७६
प्रदेश २ मा राष्ट्रिय दलित पत्रकार संघको गठन भएको छ । कैलाश दासको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा हरिनन्दन अम्बेदकर,रविन पासवान,सचिव रिन्कु दास, कोषाध्यक्ष सावित्री शर्मा,सहसचिव सदस्यहरुमा सूर्यनारायण विक,राजकुमार पासवान ,श्यामसुन्दर राम,अोमप्रकाश राम, ममता बैठा,विरेन्द्र पासवान,धर्मेन्द्र पासवान, अर्चना परियार लगायतका छन् भने सल्लाहकार समितिमा सिकेन्द्र पासवान,राजु पासवान,उमेश सुनार,राजु विश्वकर्मा , वृजलाल पासवान छन् ।

जनकपुरको बार एसोसिएसनमा अायोजित घोषणा सभाको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोला पासवानले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को प्रदेश प्रमुख तिलक परियारले गरेका थिए । त्यस्तै विशिष्ट अतिथि प्रदेश २ सरकारको अान्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी अतिथिहरु जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह, राजेश विद्रोही, प्रदेश २ को स्थानीयतहमा निर्वाचित दलित प्रमुख उपप्रमुख तथा सदस्यहरू लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कानुन मन्त्री यादवले दलित पत्रकार भवन निर्माणको लागि यसै वर्ष प्रदेश २ सरकारले २५ लाख दिने घोषणा समेत गरेको छ । मन्त्रीले भने, तपाईहरु जग्गा खोजनुस् भवन निर्माण गर्ने हाम्रो काम हो । दलितमाथि धेरै ठूलो विभेद छ । तपाईहरु नजागे अब यो भन्दा ठूलो विभेद भोग्नुपर्छ । त्यसैले तपाईंहरु संगठित हुनुभयो । यसमा हामी खुशी छौ । अाजको भेलाले सबैको ध्यानाकर्षण भइसकेको छ । त्यस्तै प्रदेश प्रमुख तिलक परियारले तराईमा दलितहरूको ठूलो समस्या रहेको बताउनुभएको छ । दलित शसक्तिकरण विधेयक पारित भइसकेको छ । यसलाई तुरुन्तै कार्यवयण गर्ने निर्देशन गर्ने भनाइ राखेका थिए ।