• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा ४८ प्रतिशत जनसंख्या गरिब

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ १४, २०७६, ५:०२ PM
0
प्रदेश २ मा ४८ प्रतिशत जनसंख्या गरिब

धनुषा,०७६ माघ १४ गते ।

प्रदेश नंं २ ले पहिलो पटक ‘जनसांख्यिक स्थिति’ सार्वजनिक गरेको छ । प्रदेशको प्रदेश नीति तथा योजना आयोगले संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को सहयोगमा जानसांख्यिक स्थिति प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनअनुसार सन् २०१९ मा सो प्रदेशको प्रक्षेपित जनसंख्या ६१ लाख ५८ हजार ६४९ जना रहेको अनुमान छ । यो नेपालको जनसंख्याको २१.४ प्रतिशत हो ।

प्रक्षेपणअनुसार प्रदेश नं. २ को सर्लाही जिल्लामा सबैभन्दा बढी ८ लाख ८१ हजार ४१३ तथा सिराहा जिल्लामा सबैभन्दा कम ६ लाख ९६ हजार ६५७  जनसङ्ख्या छ ।

प्रदेश नं. २ मा सन् २००१–२०११ मा जनसंख्या वृद्धिदर १.६ प्रतिशतमा छ, यो राष्ट्रिय वृद्धिदर १.३५ प्रतिशतभन्दा बढी हो ।

प्रतिवेदनअनुसार सो प्रदेशका ७२ प्रतिशत मानिस नगरपालिका क्षेत्रभित्र बसोबास गर्दछन् । पर्सा जिल्लामा सबैभन्दा कम ५९ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा बढी ९३ प्रतिशत जनसङ्ख्या नगरपालिका क्षेत्रमा बसोबास गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

४८ प्रतिशत गरिब

प्रदेश नं २ मा ४८ प्रतिशत नागरिकहरू बहुआयामिक गरिब छन्, यो राष्ट्रिय औसतभन्दा निकै बढी हो । राष्ट्रिय रूपमा बहुआयामिक गरिबी २९ प्रतिशत छ । प्रदेशका ८ जिल्लामध्ये रौतहटमा सर्वाधिक गरिबी छ भने पर्सामा केही कम छ ।

प्रदेशका १७ प्रतिशत जनसंख्यासँग रेडियो, टेलिभिजन, मोबाइल, साइकलसहितका कुनै पनि सरसाधनहरू छैन । गरिबहरूका संख्या बढी भए पनि प्रदेशका ९६.२ प्रतिशत जनसंख्या आफ्नै घरमा बस्छन्, यो राष्ट्रिय औसतभन्दा बढी हाे ।

प्रमुख भाषा मैथली

प्रतिवेदनअनुसार सो प्रदेशमा ११९ जातजाति बसोबास गर्दछन् । ती मध्ये यादव (१५ प्रतिशत), मुसलमान (११.६ प्रतिशत), थारु (५.३ प्रतिशत), तेली (५.१ प्रतिशत) र कोइरी÷कुशवाहा (४.६ प्रतिशत) प्रमुख जातजाति हुन् ।

प्रदेशमा बोलिने भाषाहरुमा मैथिली (४५.३ प्रतिशत), भोजपुरी (१८.६ प्रतिशत), बज्जिका (१४.६ प्रतिशत), नेपाली (६.७ प्रतिशत) र उर्दू (५.९ प्रतिशत) लगायतका भाषा रहेको प्रतिवेदनले देखाएको छ ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In