पेट्रोल छर्केर औषधी पसलमा आगजनी

धनुषा, ०७६ माघ १७ गते ।
प्रादेशिक अस्पताल जनकपुरको अगाडीमा पंकज साहले संचालन गर्दै आएको औषधी पसलमा अज्ञात समुहले आगजनी गरेको छ । अज्ञात समुहले गए राति कल्पना औषधी पसलमा पेट्रोल छर्केर आगो लगाइएको प्रहरीकोे प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगजनीले गर्दा औषधी पसलमा रहेका करिब ९० लाखौं मूल्य बरावरको औषधी जलेर नष्ट भएको संचालक साहले बताएका छन् ।

विहिवार मध्यरातमा अज्ञात समूहले औषधी पसलमा पछाडीको झ्यालबाट पेट्रोल छर्केर आगो लगाइएको प्रहरीको अनुसन्धानले देखिएको छ । पसलमा रहेको अधिकांश औषधी क्षतिग्रस्त बनेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । आगो कसले लगायो भन्ने विषयमा केहि खुल्न सकेको छैन । प्रादेशिक अस्पताल अगाडी रातभर पसल संचालन हुदै आएको छ । तर औषधी पसलमा कसले आगजनी गरेको वारेमा अहिलेसम्म खुल्न नसकेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार