
धनुषा, ०७६ माघ १७ गते ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जिल्ला अदालतबाट सजाय पाएर भागेका विलास मुखियालाई गिरफतार गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नं ८ सितानगर स्थितमा लुकिछिपी बसीरहेको अवस्थामा बिलास मुखियालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले जानकारी दिनुभएको छ ।
जिल्ला अदालत धनुषाबाट बन पैदवार चोरी निकासी मुदामा ४ महिना कैद र रु ९६,६६७ जरिवाना सजाय पाएका मुखियालाई अदालतको फैसला कार्यान्वयन गर्ने शिलशिलामा गिरफतार गरेको इन्स्पेक्टर नायकले बताउनुभयो ।