गुठिको जग्गा मोहियानी कसरी भयो ?


धनुषा, ०७६ माघ १८ गते ।

जनकपुरको विश्वकर्माचोकस्थित ८ कठ्ठा ३ धुरमा २५ वर्षपहिले खाली जग्गाको विचमा काली मंदिरको स्थापना गरेर पुजारी भएका ८२ वर्र्षीय जोगेन्द्रलाल कर्णका भनिने योगेन्द्र दासका अनुसार २० वर्ष पहिले गुठि संस्थान कार्यालय जनकपुर कार्यालयमा कार्यालय सहयोगी (पियन) रहेको राजेन्द्र ठाकुरले आफुलाई यस खाली जग्गामा बस्ने लगाएको बताउनुभएको छ । उहाँले भन्नुभयो हामीलाई उहाँलाई केही रकम पनि तिरेका थियौं, पछि जिल्ला अदालत धनुषाका कर्मचारी रहेको धिरेन्द्र बहादुर दाहालले यस जग्गामा जिल्ला मालपोत कार्यालय धनुषामाफर्त आफनो नाममा मोहियानी कायम गराएको ८२ वर्षीय काली मंदिरका पुजारी कर्णले बताउनुभयो ।
गुठि संस्थानका कार्यालय सहयोगी राजेन्द्र ठाकुरले बसाएको वस्तीको जग्गामा अदालतका कर्मचारी धिरेन्द्रबहादुर दाहालले आफनो नाममा गोप्य तरिकाबाट सोर्स लगाएर मोहियानी कायम गराएपछि रिसाएका राजेन्द्र ठाकुरले दाहालविरुद्ध जिल्ला अदालतमा मुददा दायर गरेको पुजारी कर्णले बताउनुभयो । पछि अदालतका कर्मचारी दाहालले ठाकुरसंग आर्थिक लेनदेन गरि मिलापत्र गराएको थियो । धिरेन्द्र बहादुर दाहालसंग जनकपुरधाम उपनपा १२ बस्ने जग्गाको कारोवार गर्ने रामदुलार साहले खरिद गरेको बताउनुभयो । धनुषा, ०७६ माघ १८ गते ।


स्थानिय जग्गा ठेकेदार साहले खरिद गरेपछि २०७१ तिर वस्तीमा आएर यो वस्ती आफनो नाममा मोहियानी रहेको भन्दै वस्ती खाली गर्न स्थानिय २० घरपरिवारलाई ठाडो उर्दी जारी गरेपछि आफुहरुले प्रतिवाद गर्दा जिल्ला अदालतमा आफुविरुद्ध मुददा दायर गरेको काली मंदिरको पुजारी कर्णले बताउनुभएको छ । जिल्ला अदालतले ०७५ भदौ २२ गते वस्ती हटाउन आदेश जारी गरेकाले साह वस्तीमा आएर पटक पटक आफुहरुलाई वस्ती खाली गर्न दवाव दिदै आएको बताउनुभयो । उहाँका अनुसार यो वस्तीमा हामी गरिव, विपन्नहरुको घर टहरा रहेकाले यसमा पहल गरि दिनको लागि मानवअधिकारकर्मी, नागरिक समाज, संचारकर्मीलगायत सम्पूर्ण जनमानसमा अपिल समेत गर्नुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार