तेस्रो लिङ्गीलाई कानुन संशोधन गरेर भए पनि राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व गराउनुपर्ने वक्ताहरुको जोड

धनुषा, ०७६ माघ २० गते ।
देशमा तेस्रो लिङ्गीलाई राज्यले सम्मान गर्न नसकेको एक कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन् । जनकपुरधाममा माघ २० गते निल हिरा समाज धनुषाले आयोजना गरेको प्रदेश स्तरिय गोष्ठि कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शारदा थापाले राज्यले तेस्रो लिङ्गी र दृष्टिविहिन नागरिकलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । हामीलाई भोट सवै नागरिकको चाहिन्छ तर हामीले तेस्रो लिङ्गी र दृष्टिविहिन नागरिकलाई अधिकार दिन नसकेको आफुलाई महसुस भएको बताउनुभएको छ । राज्यले सम्मान दिनुपर्नेमा नागरिकता र हकअधिकारको सवालमा हामी संकुचित कानुन निमार्ण गरेर तेस्रो लिङ्गी र दृष्टिविहिनप्रति अत्याचार भएको बताउनुभयो ।


निलहिरा समाज धनुषाको आयोजनामा आज गरिएको गोष्ठिमा बोल्दै सांसद थापाले धनुषामा १२ हजार र देशभरमा ९ लाखको संख्यामा तेस्रो लिङ्गी रहेको निल हिरा समाजको तथ्याङ्क रहेकाले गर्दा यो संख्यामा दिनप्रति दिन घटोस् भन्ने धारणा राख्नुहुदै तेस्रो लिङ्गीहरुलाई स्वेच्छाले आफु अन्यमा नागरिकता लिन्छु भन्दा राज्यले उहाँहरुको मागप्रति गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । कानुन संशोधन गरेर भएपनि तेस्रो लिङ्गीहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गोष्ठिमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता देवी झाले तेस्रो लिङ्गीहरु सामाजिक, आर्थिक र वैवाहिक हिसावले समेत कानुनसम्मत नै बन्देज लागेको अवस्थामा रहेकाले उहाँहरुको माग उठाउन आफु अग्रसर हुने बताउनुभएको छ । उपमेयर झाले विगतमा आफुले नगरसभाबाट तेस्रो लिङ्गीहरुको लागि २ लाख रकम समेत छुटयाइएको बताउनु हुदै तेस्रो लिङ्गीहरुलाई आर्थिक रुपमा सवल बनाउनका लागि सिपमुलक तालिम, क्षमता अभिवृद्धि तालिमलगायतको कार्यक्रम गर्न जोड दिनुभएको छ ।


अधिवक्ता रेखा झाले नेपालको कानुनमा महिला र पुरुषविचको विवाहलाई मात्रै मान्यता दिएकाले गर्दा तेस्रो लिङ्गीहरुले गर्ने समलिङ्गी विवाह गर्न कानुनले बन्देज गरेको बताउनुभयो । उहाँले कानुनमा जहाँ जहाँ महिला र पुरुष लेखिएको छ त्यहाँ तेस्रो लिङ्गी समेत लेखिनुपर्नेमा जोड दिनुभएको छ । तेस्रो लिङ्गीहरुलाई कानुनले समेत सम्मान गर्न नसकेको बताउँदै सरकारी कार्यालयमा तेस्रो लिङ्गीको लागि शौचालय नहुनु, कारागारमा तेस्रो लिङ्गीको लागि थुनुवा कक्ष नहुनुले तेस्रो लिङ्गी कति पिडित रहेको भन्दै दुखेसो पोखकी थिइन् ।
कार्यक्रममा तेस्रो लिङ्गी जिना राणाले आफुहरुलाई कक्षाकोठामा तेस्रो लिङ्गी भनेर हेपिएकै कारणले उच्च शिक्षा हासिल गर्न नसकेको दुखेसो पोख्दै राज्यले हामीलाई हरेक क्षेत्रमा सम्मानजनक प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभएको छ ।
निल हिरा समाज धनुषाका अध्यक्ष रामवरण यादवको अध्यक्षतामा आयोजित गोष्ठिमा तेस्रो लिङ्गी अभियानी प्रदिप यादव, जुनु चौधरी, संजय शर्मालगायतले आफना समस्या र तेस्रो लिङ्गीहरुले भोग्दै आएका पिडा व्यक्त गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार