
दीपेन्द्रप्रसाद सिंह
जनकपुरधाम, मंसिर १४ गते ।
धनुषाको मिथिलानगरपालिका वडा न.३ स्थित रामजानकी मंदिरको जिर्णोद्धार तथा स्थापना गरिएको छ । मिथिला नगरपालिकाका वडा नं.३ का अध्यक्ष रामएकवाल महतोको अध्यक्षता तथा सामाजसेवी वरिष्ठ वकिल विश्वनाथ उपाध्यायको प्रमुख आतिथ्यमा मंदिरको उदघाटन तथा मूर्ति स्थापना गरिएको छ ।

रामजानकी विवाहपञ्चमीको शुभअवसरमा आयोजित कार्यक्रममा समाजसेवी इन्जिनियर केदारचन्द्र शर्मा, समाजसेवी युवा नेता रामकुमार महतो, मिथिलानगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की, वडा नं. २ का अध्यक्ष विहारी महतो, मेला समितीका अध्यक्ष रामप्रकाश महतोलगायतले कार्यक्रममा सम्बोधन गरेको स्थानिय युवा हेमशंकर महतोले बताएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै समाजसेवी वरिष्ठ वकिल विश्वनाथ उपाध्यायले एक सय वर्षदेखिको पुरानो रामजानकी मंदिरको जिर्णोद्धार कार्यमा आफुले र आफनो घरपरिवारका सदस्यहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए छन् । आफुले मंदिरको व्यवस्थापनका लागि वनदेवी मंदिर र रामजानकी मंदिरलाई ट्रष्टमा लगेर यसको संरक्षण र सम्वद्र्धन गरिने बताए ।
कार्यक्रममा इन्जिरियर केदारचन्द्र शर्माले वर्षौ पुरानो मंदिरको जिर्णोद्धार गरि लाखौ जनताहरुको आस्था र विश्वासको रामजानकी विवाह पञ्चमीको सुखद अवसरमा रामजानकी मंदिरमा नयाँ मूर्ति स्थापनाले यस क्षेत्रका वासिन्दाहरुले हर्षित भएको बताए ।

कार्यक्रममा समाजसेवी युवा नेता रामकुमार महतोले आफुहरुले विभिन्न सामाजसेवी व्यक्तिहरुको साथ र सहयोगले गर्दा वर्षौदेखिको प्रयासमा मंदिरको कार्यले पूर्णता पाएकोमा आफु खुशी भएको बताउँदै मंदिर निमार्ण कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
मिथिला नगरपालिकाका वडा अध्यक्ष रामएकवाल महतोले विकास निमार्णका कार्यमा सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै उनले मिथिला नगरपालिकामा ७ सयभन्दा बढी विकासका योजनाहरु रहेकोमा हरिहरपुर गाउँलाई साच्चिकै हराभरा बनाउनुपर्नेमा जोड दिदै गाउँलेहरुको साथ र सहयोग रहेमा आफनो कार्यकालमा यस गाउँलाइ नमुना गाउँको रुपमा बनाउने बताएका थिए ।
रामजानकी मंदिरमा भब्यताका साथ आज मटकोर कार्यक्रम गरिने आयोजक समितीका अध्यक्ष रामप्रकाश महतोले बताएका छन् । मंदिरमा हिन्दु संस्कृतिअनुसार विधिपूर्वक मटकोर कार्यक्रमको आयोजना गरिने भएको छ । मटकोर कार्यक्रमका लागि वडा अध्यक्ष रामएकवाल महतो विविपूर्वक कार्यक्रम गर्ने जनाएको छ । भोली आइतवार विविपूर्वक रामजानकी विवाह र सोमवार रामकलेवा गरि विदाई गर्ने कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।