सितामढीमा कोरोना भाइरसका संक्रमित फेला, धनुषा र महोत्तरीको सिमावर्ती क्षेत्रमा हेल्प डेष्क पहिचान गर्ने

धनुषा, ०७६ माघ २२ गते
धनुषाको भारतीय नाकासंग ओहोर दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानी एवं चेक जाँचको लागि हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको बताएका छन् । कोरोनाको भाईरस संक्रमित विरामीहरु नेपालमा प्रवेश नगरियोस् भन्ने उद्धेश्यका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज कणेलको अध्यक्षतामा बसेको बैठकबाट सितावर्ती क्षेत्र जटहीलगायतको बढी आवतजावत हुने नाकामा हेल्प डेष्क राख्ने निर्णय भएको छ ।
चिनमा खाना पकाउने भारतको विहार राज्यको सितामढी जिल्लाको चरौत निवासी एक युवामा कोरोना भारइसकाो लक्ष्ण देखिएकाले उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ । जनकपुरधाममा पनि चीनमा अध्ययनरत रहेका केही बिद्यार्थीहरु चिनबाट भागेर आएकाले प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई खोजेर उनको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास गरिने भएको छ । तर अहिलेसम्म जनकपुरमा त्यस्ता कुनै विरामी फेला परेको छैन ।
महोत्तरीको १३ स्थानमा हेल्प डेक्स राखिएको छ । धनुषाको जटही नाकालगायतको सिमावर्ती क्षेत्रमा पनि प्रदेश २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा हेल्प डेक्स राख्ने निर्णय भएको छ ।

धेरै पढिएको

ताजा समाचार