
धनुषा, ०७६ माघ २५ गते ।
जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय कृष्णदेव महतो सुडिले आफुसहित ५२ वर्षीय दिदि उर्मिला देवी र ३८ वर्षीया भाउजु सुनिता महतोलाई प्रहरीले विना कारण गिरफतार गरेको बताउनुभएको छ । माघ २५ गते विहान ९ बजे अस्थाई प्रहरी चौकी स्टेशनका सई एकनाथ खनाल नेतृत्वको प्रहरीको टोलीले जनकपुरधामा–१ स्थित दिदी उर्मिला देवीको घरबाट आफुलगायत तिनै जनालाई गिरफतार गरेको बताउनुभएको छ । विहान ९ बजे विना पक्राउ पूर्जीको गिरफतार गरि दिउँसो २ बजे छोडेको बताउनुभयो ।

आफुहरुलाई प्रहरीले विना पक्राउ पूर्जी गिरफतार गरि ६ घण्टामा स्टेशन प्रहरी चौकीमा राखेर मानसिकता यातना दिएको भन्दै धनुषाका एसपी रमेश कुमार बस्नेत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई भेटेर आफुलाई न्याय दिलाउन आग्रह गर्दा कुनै वास्ता नगरेपछि बाध्य भएर पत्रकार सम्मेलन गरि माघ २५ गते बेलुका इन्सेक धनुषा प्रतिनिधीलाई जानकारी दिनुभएको हो ।

माघ २५ गते विहान जनकपुरधाम–१ स्थित उर्मिला देवीको घरमा प्रहरीको सहयोगमा स्थानिय अमर पंजियारले घरमा तोडफोड गर्न लागेको वेलामा घटना स्थल पुगेर अदालतबाट निषेधज्ञा जारी गरेको पत्र देखाउँदा पनि प्रहरीले निषेधज्ञा पत्र च्याति दिएको बताउनुभएको छ । प्रहरीको सहयोगमा २५ देखि ३० जनाको संख्यामा आएकार अमर पंजियारको समुहले जवरजस्ती दिदिको घरको पर्खालमा तोडफोड गरेको कृष्णदेवले बताउनुभयो । उहाँले आफुले पर्खाल तोडफोड रोक्न खोज्दा अमर पंजियारले आफुमाथि प्रहरीकै सामुनेमा इटा प्रहार गरि टाउको फुटाएको राजदेव महतो सुडिले आरोप लगाउनुभएको छ । उहाँले आफनो टाउकोमा इटाले प्रहार गरेर टाउको फुटाएपछि भाई कृष्णदेव महतोले मोटरसाइकलमा बसाएर उपचारको लागि अस्पताल लैजान खोज्दा मोटरसाइकलमा समेत तोडफोड गर्दै उल्टै आफनो भाई, पत्नी र दिदीलाई गिरफतार गरि ६ घण्टा थुनुवा कक्षमा राखेर मानसिक यातना दिएको गुनासो गर्नुभएको छ ।

स्थानिय अमर पंजियार र उर्मिला देवीविच जग्गा विवाद रहेको छ । जग्गा विवादको घटना अहिले अदालतमा रहेको छ । प्रहरी प्रशासनको सहयोगमा अमर पंजियारले आफुमाथि कुटपिट र थुनुवामा राखेको भन्दै आफुलाई न्याय दिलाउन उहाँले मानवअधिकारकर्मी, संचारकर्मीहरुलाई माघ २५ गते बेलुका पत्रकार सम्मेलनको आयोजना गरि सहयोग गर्न हुन आग्रह गर्नुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह