जनकपुरमा दोश्रो राष्ट्रिय बेटी सम्मेलन सुरु, १० महिला सम्मानित

धनुषा, ०७६ माघ २७ गते ।

आशनमा महिला, भाषणमा महिला र शासनमा महिला मुलनाराका साथ जनकपुरमा दोश्रो राष्ट्रिय बेटी सम्मेलन गरिएको छ । प्रदेश २ सरकार मुख्यमन्त्रि बेटी पढाउ अभियानअन्र्तगतको सहयोगमाा मुलधार महिला सेवा केन्द्रको आयोजनामा बेटी सुरक्षा अभियानकोका लागि जनकपुरमा सम्मेलनको आयोजना गरिएको हो । आयोजित बेटी सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले १० वर्षपछि प्रदेश २ को चौक चौकमा महिला इन्स्पेक्टर र जिल्ला जिल्लामा महिला नै कार्यालय प्रमुख हुने गरि प्रदेश २ सरकारले लोकसेवाद्धारा पदपूर्ति गर्ने सवै सेवामा महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित हुने गरि आरक्षणको व्यवस्था गरेको बताउनुभएको छ ।

बेटी बचाउ अभियानमा प्रदेश सरकारले एक्लै गरेर अभियान सफल नहुने बताउँदै उहाँले यस अभियानमा स्थानिय तह, राजनितिक दल, कर्मचारीलगायत सम्पूर्ण नागरिकको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्रदेश २ मा बढी दलित, मुस्लिम र अल्पसंख्यक महिलाहरु उत्पीडिन र विभेदमा परेकाले गर्दा हामीले वर्षौदेखिको सोचलाई त्यागेर नयाँ सोचका साथ परिवर्तनका समवाहक भएर अगाडी बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

मुख्यमन्त्रि राउतले प्रदेश २ का छोरीहरुलाई सशक्त बनाउनका लागि प्रदेश २ सरकार हरसम्भव प्रयासरत रहेको भन्दै छोरी शिक्षा मुद्धती विमा योजनाको रकम एक लाखबाट बढाएर ३ लाख बनाएको छु, अव केही दिनमा १० लाख हुदै २० लाखसम्म पुप्याउने आफनो सोच रहेको बताउनुभएको छ । प्रदेश २ का गरिव, दलितहरुले घरमा राज्यको पैसा यो अभियानमा जाने भएको बताउँदै उहाँले उच्च शिक्षामा अध्ययनरत छोरीहरुलाई मासिक २ हजार दिने योजना समेत चाँडै ल्याउन लागेको बताउनुभएका छ । कार्यक्रममा प्रदेश २ का पर्साका एसिड प्रहारबाट घाइते भएकी मुस्कान खातुन, कलाकार पुष्पा कुमारी यादव, कार्यपालिका सदस्य पुष्पा यादव, समाजसेवी विजेता झालगायत १० महिलालाई सम्मानपत्रबाट मुख्यमन्त्रिले सम्मान गर्नुभएको छ । सम्मेलन माघ २७ देखि २९ गतेसम्म चल्ने भएको छ ।

धेरै पढिएको

ताजा समाचार