९ बुन्दे घोषणापत्र जारी गर्दै बेटी सम्मेलन सम्पन्न


धनुषा, ०७६ माघ २९ गते ।
९ बुन्दे जनकपुर घोषणा पत्र जारी गर्दै दोश्रो बेटी सम्मेलन सम्पन्न भएको छ । प्रदेश २ को सरकार बेटी पढाउ,बेटी बचाउ अभियान बेटी सुरक्षा अभियान र चौधरी फाउण्डेशनको सहयोगमा मूलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा गरिएको दोश्रो बेटी सम्मेलनले ९ बुन्दे घोषणा पत्र जारी गरेका हुन् । सम्मेलनका प्रदेश २ संयोजक पुष्पा यादवको अध्यक्षता, अर्थ मामिला तथा योजना राज्यमन्त्रि उषा यादवको प्रमुख आतिथ्यतामा आयोजित घोषणा पत्र सम्मेलनमा अभियानी नजवुल खाँनले महिलाहरुको हकहितको लागि हामी अभियानीहरुले बल दिनुपर्ने बताएकी छिन् ।
घोषणापत्रमा समानता,समावेशी र मानव अधिकारका लागि आसनमाम महिला, भाषणमा महिला, शासनमा महिलाका लागि ५० प्रतिशत अनिवार्य अर्थपूर्ण सहभागिता हरेक तहमा लागु गर्नुपर्ने, महिलाहरुको स्वास्थ्य र शिक्षामा सुधारात्मक पहुँच बढाउन स्थानियस्तरदेखि केन्द्रियस्तरसम्म सरकारी तवरबाट स्यानेटरी प्याड निःशुल्क वितरणको व्यवस्था हुनुपर्ने । अंश र वंशको अधिकार दिलाउने, छोरीको लागि शिक्षा अभियान संचालन गर्ने, मुसहर डोम, चमारलगायतका छोरीहरुलाई प्रोत्साहन स्वरुप विशेष अभियान चलाउनुपर्ने, घरेलु हिंसा, भ्रुण हत्या, बलात्कार, बालविवाह, घुम्टो प्रथा, दाइजो प्रथा, तलाक प्रथा, बोक्सी प्रथा, छाउपडी, देउकी, वादी प्रथालगायतको महिला हिंसाका घटनाहरुको अन्त्य हुनुपर्नेलगाउतका ९ बुन्दे घोषणापत्र जारी गरेका छन् ।


घोषणापत्र जारी गर्दै अर्थराज्यमन्त्रि उषा यादवले महिलाहरु पनि क्षमतावान र सक्षम रहेकाले गर्दा अवसरबाट बञ्चित नगराउन बताएकी थिइन् । महिलाहरु नेतृत्व तहमा पुग्दा गुणस्तर र कुशल काम गर्दै आएकाले महिलालाई कमजोर र घरभित्रको नबुझन आग्रह गर्दै महिलाहरुलाई समेत आफनो क्षमता विकास गर्न आग्रह गरेकी थिइन् ।
घोषणापत्र सार्वजानिकरण कार्यक्रममा अभियानी नजवुल खाँनले आफु १९ वर्षको उमेर आएर साक्षरता अभियानको कक्षाबाट पढाई सुरु गर्दै आज ब्याचर पढदै गरेको बताएकी थिइन् । आफु टेम्पो चालक भएर काम गरेको बताउँदै उनले अहिले देशको चालक भएर महिलाहरुको हकअधिकारको अभियान संचालन गर्न पाउँदा खुशी लागेको बताएकी थिइन् । कार्यक्रममा एसिड पिडित पर्साकी छात्रा मुस्कान खातनु, अभियानी सरिता राय, कार्यपालिका सदस्य पुष्पा यादव, समाजसेवी सिता यादवलगायतले महिलाहरुलाई अवसर दिनुपर्ने र अवसर पाएँको खण्डमा राम्रो कार्यसम्पादन गर्दै आएका बताएकी थिइन् ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार