क्रसर संचालकसहित चालकहरु कारागार चलान


धनुषा, ०७६ फागुन २ गते ।
धनुषाको मिथिलानगरपालिका–५ स्थित श्रीपुरको औरही खोलामा अवैद्य खोला उत्खननको विरोध गर्ने युवाको हत्यामा सलग्न आरोपमा ३ जनालाई पूर्पक्षको लागि कारागार चलान गरेको छ । श्रीपुरका २५ वर्षीय युवा दिलिप भनिने ओमप्रकाश महतोलाई कुटपिट गर्दै टिपरले किचेर हत्या गर्ने श्रीचुरियामाई बालुवा प्रशोधन केन्द्रका संचालकसहित चालकहरुलाई जिल्ला अदालत धनुषाले कारागार चलान गरेको हो ।
जिल्ला आदलत धनुषाको आदेशमा क्रसर सञ्चालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
हत्या आरोपमै गिरफतार भएका मृतक दिलीपसंगै खोलामा रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी साधारण तारेखमा रिहा भएको जिल्ला अदालत धनुषाले जनाएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यस्तो आदेश दिएको हो ।

धेरै पढिएको

ताजा समाचार