प्रदेश सरकारले पूर्वदेखि पश्चिमसम्म ५ बस संचालन गर्ने तयारी गर्दै


धनुषा, ०७६ फागुन २ गते ।
प्रदेश २ सरकारले चाँडै आफ्नै ५ वटा बस सञ्चालन गर्ने तयारी गरेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिएका छन् । मन्त्रालयमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रि सोनले प्रदेश २ को पूर्वदेखि पश्चिमसम्म ५ बस सञ्चालन गर्ने तयारी गरेको बताएका हुन् ।
प्रदेश सरकारले तत्काल पाँचवटा बस सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएका छन् । पहिलो चरणमा बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।
‘टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, केही दिनभित्रै टेन्डर निकाल्ने तयारीमा हामी छौं, यो प्रक्रिया पूरा भएलगत्तै प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्नेछ,’ सोनलले मन्त्री सोनलले पहिलो चरणमा जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगंजसम्म तथा वीरगंजदेखि राजविराजसम्म बस सञ्चालन हुने बताए ।
प्रशासनिक कामका लागि जनकपुर पुग्नेहरुको समस्यालाई मध्यनजर गरी प्रदेश सरकारले यस्तो योजना ल्याएको उनको भनाइ छ । काठमाडौंमा सञ्चालन भइरहेको साझा बसअनुसारकै बस खरिद गर्ने तयारी रहेको उनले बताए ।
प्रदेश सरकारले दुई वर्षको कार्यकाल पूरा गरेपनि पूर्ण रुपले एक आर्थिक वर्षमात्र काम गर्न सकेको सोनलले बताए ।

धेरै पढिएको

ताजा समाचार