
धनुषा, ०७६ फागुन ५ गते ।
जनकपुरमा ३५ वर्षीय एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ५ गते विहान दुई जनालाई गिरफतार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्माचोकस्थित आइतवार राति १० बजे ३५ वर्षीया महिलामाथि बलात्कार भएको हो ।
बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरमै लुकिछिपी बस्दै गरेको अवस्थामा विश्वकर्माचौकबाट फागुन ५ गते विहान ७ बजे गिरफतार गरेको छ । बलात्कार आरोपमा गिरफतार पर्नेहरुमा महोत्तरीको औरही नगरपालिका –७ बस्ने २५ वर्षीय नरेश महतो र भारत देश बिहार राज्यको जिल्ला मधुवनी कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफतार गरेको प्रहरी इन्स्पेक्टर अशोक झाले जानकारी दिनुभएको छ ।
बलात्कृत महिलाको फागुन ५ गते जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण भएको छ । बलात्कार घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी इन्स्पेक्टर झाले बताउनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह