धनुषा जिल्ला अदालतमा फास्ट ट्रयाकमा मुद्दा फर्छयौँट हुदै


धनुषा,०७६ फागुन ८ गते ।
धनुषा जिल्ला अदालतमा केहि वर्षदेखि फास्ट ट्रयाकमा मुद्दा फर्छयौँट हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ । अदालतमा परेको मुद्दामा छिटोभन्दा छिटो अध्ययन गरि कार्यसम्पादन भई रहेकाले गर्दा सेवाग्राहीलाई सुविधा भएको छ । फास्ट ट्रयाकमा मुद्दा फर्छयौँट हुन थालेपछि धनुषा जिल्ला अदालत प्रदेश २ कै उत्कृष्ट देखिएको छ । जिल्ला अदालतको प्रतिवेदन अनुसार लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । मुद्दा फर्छ्यौटको आधारमा धनुषा जिल्ला अदालत प्रदेशकै उत्कृष्ट रहेको प्रशासन फाँटका शाखा अधिकृत जयप्रसाद काफ्लेले बताउनुभएको छ ।
गत वर्ष अदालतमा ३ हजार ६ सय ९६ वटा विभिन्न प्रकृतिका मुद्दा फर्छ्यौट हुन बाँकी र चालु वर्षमा २ हजार २ सय ४४ वटा मुद्दा गरी जम्मा ५ हजार ९ सय ४० मुद्दाको चांग रहेको थियो । जसमध्ये २ हजार ५ सय ३३ वटा मुद्दा फर्छयौट भएको छ भने ३ हजार ४ सय ७ वटा मुद्दा अहिले पनि फर्छ्यौट हुन बाँकी रहेको छ ।
तर अदालतमा न्यायधीशहरुले विशेष लक्ष्य हासिल गर्न र मुद्दाका चापलाई कम गर्नुका साथै विभिन्न प्रकृतिका मुद्दाहरुको चांग हटाउनका लागि फास्ट ट्याक अनुसार कार्य थाल्दा लामो समय देखि रहेका विभिन्न प्रकृतिका मुद्दाहरु फर्छ्यौट भइरहेको शाखा अधिकृत काफ्लेले बताउनुभयो । शुरु मुद्दा, पुनरावेदन र रिटको लगत फर्छ्यौट र पुस महिनासम्मको मासिक प्रतिवेदन अनुसार ४२ दशमलव ६४ प्रतिशत मुद्दाहरु फर्छ्यौट भइसकेको छ ।
अदालतमा व्यक्तिवादी देवानी मुद्दा २ हजार ४ सय ७९ मध्ये १ हजार ७ सय १२ वटा मुद्दा फर्छ्यौट, व्यक्तिवादी फौजदारी मुद्दा ५ सय ५७ मध्ये ३ सय २२ मुद्दा फर्छ्यौट, सरकारवादी फौजदारी मुद्दा ५ सय ९४ मध्ये ४ सय ९१ मुद्दा फर्छयौँट भएको छ । त्यस्तै पुनरावेदकीय क्षेत्राधिकार अन्तर्गतका व्यक्तिवादी देवानी मुद्दा १८ वटामध्ये एउटा मुद्दा फर्छ्यौट भएको छ । त्यसैगरी सरकारवादी फौजदारी अन्तर्गत १६ वटा मुद्दा मध्ये एउटा मुद्दा फर्छ्यौट भएको छ ।
मुख्यन्यायधीश राजुकुमार खतिवडाको ईजलासमा ७ सय २१ मध्ये ३ सय ६१ मुद्दा फर्छ्यौट भएको छ भने ३ सय ६० वटा मुद्दा फर्छ्यौट हुन बाकी रहेको छ । त्यस्तै न्यायधीश धु्रवप्रसाद सापकोटाको ईजलासमा ७ सय २७ मुद्दा लगत मध्ये २ सय ६४ मुद्दा फर्छयौँट भएको छ भने ४ सय ६३ वटा मुद्दा फर्छ्यौट हुन बाकी छ ।
त्यस्तै न्यायधीश तेजनारायण पौडेलको ईजलासमा ७ सय ४३ वटा लगत मध्ये ३ सय १८ वटा फर्छ्यौट भएको छ भने ४ सय २५ फर्छ्यौट हुन बाँकी छ । त्यस्तै न्यायधीश उपेन्द्र प्रसा गौतमको ईजलासमा ६ सय ९५ लगत मध्ये २ सय ६४ मुद्दा फर्छ्यौट भएको छ भने ४ सय ३१ वटा बाकी रहेको छ । त्यस्तै न्यायधीश तीर्थराज केसीको ईजलासमा ७ सय ९४ लगत मध्ये ३ सय ५० वटा मुद्दा फर्छ्यौट भएको छ भने ४ सय ४४ वटा मुद्दा बाकी रहेको छ ।
त्यस्तै न्यायधीश केशवप्रसाद घिमिरेको ईजलासमा ७ सय ५६ वटा मुद्दा मध्ये ३ सय २९ वटा मुद्दा फर्छ्यौट भएको छ भने ४ सय २७ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । त्यस्तै न्यायधीश राजेशकुमार खतिवडाको ईजलासमा ७ सय ४७ लगत मध्ये ३ सय २९ फर्छ्यौट भएको छ भने ४ सय ३९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छ । त्यस्तै न्यायधीश विनोद खतिवडाको ईजलासमा ७ सय ५७ वटा मुद्दा लगत मध्ये ३ सय १८ मुद्दा फर्छ्यौट भएको छ भने ४ सय ३९ वटा मुद्दा फर्छ्यौट हुन बाकी रहेको दायरी फाँटका नायब सुब्बा बद्रीनारायण ठाकुरले जानकारी दिनुभयो ।
जिल्ला अदालतको प्रगती विवरणका अनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । नायब सुब्बा ठाकुरले प्रत्येक दिन कम्तिमा दुईवटा सम्बन्ध विच्छेदका मुद्दाहरु धनुषा जिल्ला अदालतमा आउने गरेको जानकारी दिनुभयो ।

धेरै पढिएको

ताजा समाचार